होली

कक्षाः ६
लर्ड बुद्ध स्कुल
बोडे भक्तपुर
होली नै हो हिमालपहाड तराईलाई जोड्ने
वैमनस्य शत्रुतालाई एकै छिनमा फोड्ने ।
रङ्ग र उमङ्गको होली चाड मनाऔँ
आपसी र सद्भाव आफूमा नै बढाऔँ ।
होलीलाई मानौँ अब एकताको पर्व
रमाइलो उमङ्गको होली हाम्रो पर्व ।
रङ्गसहित सुख हाम्ले अब बाँड्नुपर्छ
अनावश्यक फोहोर पानी हाम्ले छोड्नुपर्छ ।
एकताको भावनालाई बढाउने हो होली
मानिसको दुर्भावना उडाउने हो होली ।
एकताको पर्व अब होली बन्नुपर्छ
संस्कृतिको महत्त्वलाईअब बुझ्नुपर्छ ।
लेखकको सम्वन्धमा