यो जिन्दगी

प्रसादी एकेडेमी
कक्षा : ११
जति पढे पनि जति बुझे पनि
यो जिन्दगी बुझ्न सकिनँ
जिन्दगीले कहाँबाट कहाँ पुर्यायो
तर, सफलता कहिल्यै चुम्न सकिनँ ।
जिन्दगीले कहिले हँसायो
धेरैजसो त धरधरी रुवायो
कहिले मित्र अनि कहिले शत्रु बनायो
चोट लाग्यो मुटुमा, आँसु आँखाले बहायो ।
कहिले दुःखले रुवायो
आफन्तले पीडा भोग्यो
मुटु जति बलियो भए पनि
जिन्दगीले थरथरी हल्लायो ।
भोलिदेखि खुसी आउला भन्छु
तर फेरि आपत् आइदिन्छ
जिन्दगी बनाउने पनि सायद
पिडैपीडा जिन्दगी सजाइदिन्छ ।
जिन्दगीलाई थाहा पाउनेहरूले पनि
आजसम्म थाहा पाएनन् होला कि
जिन्दगी खेलैखेल जस्तो भएछ
जिन्दगी सायद झेलैझेल भएछ ।
लेखकको सम्वन्धमा