February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

नबिर्स सस्कृति


जानुकादेवी ढुङ्गेल
 
बाबा भन्न पनि भुलिसकियो कि डेडी भनेको किन ?
ममी ममी भनी करउँछन् सबै आमा पनि देख्तिनँ।
दिदीबहिनीहरु हराइसके है देखापरे सिस्टर।
दजुभाइहरु कता गए कता घरमा सबै मिस्टर ।।
 
पोसाकहरु पनि कुनातिर पसे खडा छन् सब ड्रेसमा ।
साडीचोली पनि के गर्नु बचरा नारी सब पेन्ट भेषमा।।
किचनले सबै खिचिसकिदियो चुलो र चौका पनि।
सहन्छन् बिचरा जति गरे पनि आउला कि मौका भनी।।
 
जमना फरक पर्यो भनी भन्छन् कति ता अब ।
फरक कसरी पर्यो र सूर्य पनि त पुर्बै उदाउँछन् जब।।
विज्ञान त अघि बढ्छ विश्वभरि नै ल्याउदैन कुरीति ता।
शिक्षा हसिल गरौँ पढौँ अघि बढौँ नबिर्सिऔँ सस्कृति ता।।
 
पुर्खाहरू यहीँ बसे अघि कति रगत पसिना बगाई।
सङ्ग्रालयलाई हेर तिमी कति कुरा राखेको छ है जोगाई।।
सारमा सार मिलाई बज्छ बहुतै दुखी तबेला पनि।
मादलले पनि भन्छ नछोड्नू मलाई नेपाली हुँ मै पनि।।
 
डाँफे नाच्छ हिमालमा खुसी हुँदै गुराँस पनि फुल्दछ।
सगरमाथा सिर हो नेपालीहरुको काँणे भ्याकुर डुल्दछ।।
उस्तै छन् लहरा, छहरा, पहरा नेपाल हो सुन्दर।
फरक पर्न गयो अलिकति यहाँ सस्कृति हाम्रो तर।।