Epaper
Contact Us
December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
सलाम छ डाक्टरलाई
jharana_sanchar
२०७८ माघ १५
574 views
सन्दीप नेपाल
हतारो, लतारो,
लछारो, पछारो हुँदै आफू
ज्यान बचाउनलाई हाम्रो
घाँटीमा आला बोकी
हस्याङ्ग–फस्याङ्ग कुद्दै गरेका
डाक्टलार्ई सलाम छ ।
पछि पर्या छैनन् उनी
तिम्रा बिरामी उचाल्न, बोक्न,
राख्न र सान्त्वना दिन बिरामीलाई
परिवार अनि आफन्तलाई
बचाउन जीवन कसैको हतार–हतार
अक्सिजन जोड्दै गरेका
डाक्टरलाई सलाम छ ।
सिकिस्त भए रे बिरामी
भन्ने सुनी दगुरादगुर गर्दै छन् उनी
परवाह छैन, उनलाई आफ्नो
न हातमा पन्जा छ
न मास्क र पिपिई छ
तै पनि ज्यानको माया मारेर अरुको
ज्यान बचाउन तल्लीन
डाक्टरलाई सलाम छ ।
परिवार छन् उनका पनि
रोएका छैनन् सम्झेर उनी
सम्हालिंदै आफू, सम्हाल्दै र सम्झाउदै छन्
बिरामिलाई अनि आफन्तलाई
कस्तो सहनशीलता उनमा
कस्तो मानवता उनको
बिर्सेर घर परिवार नातागोता
सेवामा खटिईरहने
डाक्टरलाई सलाम छ ।
गुमाउँदै छन् जीवन दिनहुँ
सयौं हजारौंले तर पनि
निडर देखिन्छन उनी
साहस छ उनमा
आत्मविश्वास छ उस्तै गरी
निस्फिक्री ज्यान बचाउँदै गरेका
डाक्टरलाई सलाम छ ।
सोधेका छौं उनलाई
भोक लाग्या छ भनेर ?
न भोक न प्यास छ,
न निद्राको परवाह छ
यसरी जीवन बचाउन सबैको
अस्पतालमा खटिरहेका
डाक्टरलाई सलाम छ ।
चौबिसै घण्टा पिपिईमा गुम्सिएर
निसासिएर, पिल्सिएर
जोड्दै छन् अक्सिजन
दिंदै छन् ओखती–मुलो
घण्टा – घण्टामा प्रेसर,
ज्वरो नाप्दै गरेका
नर्सहरूलाई सलाम छ ।
भेट्न पाएका छैनन्
परिवार, आफन्त, इष्टमित्र
गुम्सिएका छन् एउटै कोठाभित्र
हेर त पिपिईभित्र पसिना–धारा
यस्तो पीडा लुकाई कर्ममा जुटिरहेका
डाक्टरलाई सलाम छ ।
सहेर बसेका छन् उनी
ढुङ्गाले हान्दा, लछार्दा, पछार्दा पनि
मतलव छैन उनलाई आफू मरे पनि
न त छ आफन्तको चिन्ता
हरबखत बिरामी रोगीकै छ टन्टा
तर पनि बचाइरहेछन् तिम्रा बिरामी
यस्तो महान् कार्य गर्ने
डाक्टरलाई सलाम छ ।
सहँदै छन् गाली
सहदै छन् पिटाइ पनि
तिमी भए कति रिसाउँथ्यौ
पिट्थ्यौ अरूलाई पनि उसैगरी
हेर त खै रिसाए उनी
हाँसिरहेका छन् तर पनि
परोपकारमा तल्लीन
यस्ता सहनशील
डाक्टरलाई सलाम छ ।
भन्दैथे धेरै दिन भो खाना नखाएको
बुढी भाकी आमाको मुख हेर्न नपाएको
तैपनि रत्तिभर नलिई गुनासो मनमा
हेर त कसरी चित्त बुझाएको
न रोएका छन्
न आत्तिएका नै छन्
धमाधम काममा घोटिएका छन्
यसरी अविचलित रूपमा
सेवामा खटिने
डाक्टरलाई सलाम छ ।
तलब, भत्ता समयमा पाउँदैनन्
जोखिम भत्ता भन्दै सरकार,
मन्त्री र सचिवले गोजी तातो बनाउँछन् ।
फिल्डमा कोरोनासँग
लाप्पा खेल्ने यिनले
एकथोपा पाउँदैनन्
तर पनि रत्तिभर आशा नराखी
खुरुखुरु मरेका लास उठाउने
स्वास्थ्यकर्मीलाई सलाम छ ।
सलाम छ ती पिपिईमा
गुम्सिएका नर्सहरूलाई
सलाम छ ती निस्वार्थी डाक्टरहरूलाई
सलाम छ दिनरात आफूलाई भुलेर
अरूको भलाइका लागि
कर्मशील नर्सहरूलाई ।
सलाम छ डाक्टरहरूलाई ।
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहिलाकाे दसैँ
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
जिन्दगी !
धेरै पढिएको
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
२०८१ मंसिर १७
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
२०८१ मंसिर १८
पहिलाकाे दसैँ
२०८१ मंसिर २१
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
२०८१ मंसिर २१
प्रतिकृया दिनुहोस्