मन र भावना

लियोना भट्टराई
कक्षा : ११


न कविता लेख्न जानेको छु मैले
न त प्राकृतिलाई नै चिनेको छु।
न आफू जन्मेको धर्ती चिनेको छु मैले
न आमाबाको प्यारलाई किनेको।
 
मात्र जानेको छु पेन चलाउन हो कि भन्छु
खोइ प्रकृतिलाई सजाउन सक्दिनँ कि सक्छु ।
आमाबाको सेवा गर्न छोड्न थालेँ मैले
येही कुराले साताइरहन्छ मलाई सधैं जहिले ।
 
कतै म पनि बहने हुँ कि भन्ने लाग्छ मलाई
खै के हुने हो थाहा नै छ पो कल्लाई।
अधुरो छ संसार हेर है सबले
को आउँछ कुन बेला को जान्छ कहिले ।
 
 
बच्नु त भनो गरो रैछ बाँच्न
हाँस्नु त भनो गरो रैछ हाँस्न।
फ्याकिन्छ अन्तिममा नाममा टिलो
मात्र कसैको छिटो त कसैको ढिलो ।