June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

विपना

सम्पदा नेपाल
कक्षा : ६
लर्ड बुद्ध इङ्लिस सेकेन्डरी स्कुल
मध्यपुर ठिमी, बोडे , भक्तपुर
 
सपना त थियो मेरो ठुलो मान्छे बन्ने
विपनामा बनियो आफू आलुबारी खन्ने ।
बनिसके मेरा साथी डाक्टरइन्जिनियर
रहेँ मचाहीँ गाडीचालक खलासी र ड्राइभर ।
खलासीको काम गर्दा चढे मेरा साथी
उनलाई आज हेर्छु मभन्दा नि माथि ।
समयमा नपढदा हेर साथी मेरो
कस्तो बिजोग भयो आज अरूभन्दा मेरो ।
समयको महत्वलाई बुझौँ आज साथी
उडौँ सब हामी अब आकाशमाथि माथि ।