December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

निर्दोष काल महिमा

 पाउँदैन दोष अरूलाई लगाउँछ।
 खाइरहन्छ न त त्यो अघाउँछ।
 तोक्दैन महिना गते दिन साल।
 निर्दोष बन्छ उही नाम काल।
  
  
 हुने दुर्घटना लगाइदिन्छ रोग।
 लाने त उही हो जब पुग्छ भोग ।
 घुमिरहन्छ फिजाएर जाल।
 निर्दोष बन्छ उही नाम काल।
  
  
 लगिदिन्छ नाति छदैछन् हजुरबा।
 भन्दैन सुत्केरी न त बालकैता।
 जति भए नि चुहाइरहन्छ राल ।
 निर्दोष बन्छ उही नाम काल।
  
  
 रातो न सेतो देखिदैन कालेा।
 लिएर जान्छ जब पु्ग्छ पालो।
 थाहै छ उसलाई मिलाउछ ताल।
 निर्दोष बन्छ उही नाम काल।
  
  
 छान्दैन केही पाको होस् कि काँचो।
 प्राणी जतिको उहीँ लिन्छ साँचो ।
 सृष्टि देखिकै यही रैछ चाल।
 निर्दोष बन्छ उही नाम काल।
  
  
 प्रेम बन्धनैको डोरी नै  चुड़ाई।
 लिएर जान्छ सरर उडाई।
 देखिदैन छाया गरदैन चाल।
 निर्दोष बन्छ उहीँ नाम काल।