March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सोची टोलाउँछु

  कोरोनाबारे कापीमा छैन उतार्न मन त 
 फर्केर आयो हामीमा फेरि के गर्नु भन त । 
  
 हर्षित भई भविष्यतर्फ उन्मुख जीवन 
 कोरोना छायो थरर काँप्यो मेरो त यो मन ।
  
 देख्दछु सधैँ गरिब जन खानाको आसमा 
 रम्दछन् कति पाउँदा हेर एक त्यो गासमा ।
  
 सपना  मेरा भित्र नै गले सुन्दर रहर 
 उसाको खुसी लुटेर रम्छ निसामा कहर ।
  
 पुस्तक साथ राखे नि तर ध्यान नै जाँदैन 
 टोलिन्छु सोची ज्यान यो कोरोनाले त खाँदैन ? 
  
 वृक्षको साथ अपार छ नि मैले त बुझेँ है
 त्यो स्वार्थीपन महिमा त्यागी मानव पुजे है । 
  
 जीवन हाम्रो अमूल्र्य कहाँ फर्केर आउँछ ? 
 नियम मानौँ सार्थक हुन विश्वले पाउँछ ।