September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

तेस्रो लिङ्गी

यो एउटा सत्य घटनामा आधारित कथा हो । हाल जनकपुरमा बस्ने कथाको मुख्य पात्र उदय अर्थात् सपनादेवीसँग गरिएको कुराकानीमा आधारित यस कथाले समाजको तेस्रो लिङ्गीप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउला भन्ने अपेक्षा गरेको छु ।- शौरव

कक्षा १२ को पहिलो त्रेमासिक जाचँ सकेर, आज हाम्रो दसैँ बिदा सुरु भएकाले म घर जाँदै छु। म जाँदै गरेको बस त लोकल परेछ। बसबिसौनी होस् या नहोस, यात्री देख्यो भने रोक्न पछि पर्दैन र कति टाढा जन्छन् भने आँकलन यात्रुको समानबाट गर्छन्। बस सर्लाहीसम्मको भए नि “पूर्व पूर्व…” भन्दै खलासीले सिन्धुलीको मान्छे  बसाइरहेको देख्दा अच्चम लाग्यो।

बस हिँडिसकेपछि आगाडिको बस बिसौनीको बोर्ड नदेखेर होला, चालकले रोकेन। मैले यसो झ्यालबाट हेर्दा, तीन जाना यात्रीले बस रोक्ने इसारा गर्दै गरेको देखेँ। पहिरन महिलाकै थियो ।  बस अगाडि बढिसक्दा, धुलाले अनुहार देखिएन। खलासी बसको ढोकामा उभिएर,”जाऊँ जाऊँ गुरुजी” भनेर ढोका लगइदियो।

“ठिक गर्नुभो गुरु जी ! यिनीहरूलाई त बसमा चढ्न दिनु हुन्न !

हात हलाउँछ्न्, त कहिले थपडी बजाई, हाई हाई गर्छन्।

दैव कै श्राप हुन पर्छ । न यताको न उता को…”, एउटी महिलाले भनिन्। 

“मैले त सुनेको, बच्चा उठाएर लग्छन् र आफू जस्तै बनाई, भिख माग्न लगाउँछन्। समाज बिगार्ने काम मात्र गर्ने हुन् । इज्जत भए पो  लाज लागोस् । पैसाका भोका यिनीहरू, अरू गर्न नहुने कुरा पनि गर्छन्” अर्की महिलाले थपिन्।

“यिनीहरूको बिहे हुन्छ र ? हुँदा को बेहुला को बेहुली छुट्टाउँनै गारो पर्छ होला” यति भन्दै दुवै हाँसेँ ।

बस चालकले नि हाँसो थपे, “त्यस्तै हुन्, यिनीहरू जस्ता गाडी अगाडि उभिँदा, कयौँ  पटक झन्डै पाँग्रा तल परेनन् ”

गर्मीको मौसम थियो न निद्रा लागिरहेको थियो न यिनीहरूको कुरा बुझि रहेकी थिएँ। केही घण्टाको यात्रापछि जनकपुर पुगेँ। आमा बस-बिसौनीदेखि पर सडक छेउमा उभेको देखेँ। मसँगै ती दुई महिला पनि ओर्लिए। मेरी आमालाई देखेर उनीहरू मुहारको हाउभाउ बेग्लै बनाएर आफ्नो बाटो लागे ।

म आमासँग हिडँदै गर्दा आमालाई  त्यो घटना सुनाएँ। “आमा ! किन नरोके होला बस गुरुजीले ?”

“रोक्दै आएको भए तिमीहरूलाई यहाँ पुग्न ढिलो हुन्थ्यो, त्यसैले होला?”

हैन आमा लोकल बस थियो, आरू ठाउँ रके पनि त्यहाँ रोकेन के ।

“उमेर पुगेसि आफै बुझ्छ्यौ, छोरी !” भनेर आमाले कुरा फेर्नुभयो, “मेरी छोरी! के बन्ने बिचार छ?”

“आमा! बिरामीहरूको सेवा गर्न, म नर्स बन्ने छु !”

हामी घर पुग्दा चाउरी परेको गालामा मन्द मुस्कान साथ “सिवानी! मभन्दा नि अग्ली भैसक्यौ तिमी त”, हजुरमाले भन्नुभयो!  

लगभग तीन वर्षपछि घर आएकी थिएँ । घर काठले बनेको दुई तल्ले । अगाडि एउटा रैथाने गाई!

“एक महिना मात्र  भएको छ ब्याएको । दुध खान पाउने भई हाम्री सिवानीले” हजुरबाले खुसी हुँदै थप्नुभयो।

म धेरै वर्षपछि आए पनि गईले चिन्यो तर बाछी त दुई हात पर उफ्रियो !

म नजिक गई टाउकोमा हात राख्दा बल्ल सन्त भयो !

‘उदय ! उदय !’ भन्दै एक जाना हाम्रो घरनजिक आउनुभयो।

“के काम  छ ?, भन्नुस् न । उदयको घर यही हो”, आमाले भन्नुभयो 

“तपाईचाहिँ वहाँको स्वास्नी ?”

छोरी सिवानी ! घरभित्र जाऊ आराम गर।  म कुरा गरेर एक छिनमा आउँछु है ।

“भन्नुस !  के काम थ्यो ? मेरै नाम उदय थियो, मैले पछि लिङ्ग परिवर्तन गराएकी हुँ र अहिले मेरो नाम  सपना हो।”

बिजुली मिटर हेरेर त्यो मान्छे केही नबोली, आमाको हातमा रसिद थामिदियो । मैले ढोका छेउबाट देखेँ।

मैले बिजुली रसिद आमाको हातबाट लिएर आमातिर हेर्दा, आमाको टाउको झुकेको थियो।

मलाई यो कुरा कहिले नै भन्नुभएन, कहिले  स्याहार गर्न पछि पर्नुभएन।

मेरो मनमा प्रशन उब्जिन थाले?  गहभरी आसुँका साथ म आमाको अँगालोमा बेरिएँ !

आसुँ पुछ्दै, मैले भने, ”आमा! हेर्दा कसले ठम्याउन सक्ला र !”

“छोरी सिवानी !, मैले आवस्यक नै ठानिनँ र म अतीत सम्झिन नचाहेर  तिमीलाई भनिनँ।

“आमा ! भन्नुस् म त सायद अब बुझ्ने उमेरकी भएकी छु । हजुरमा भन्दा त अग्ली छु के रे!“

हामी दुवै आसुँ पुछ्दै मन्द मुस्कुरयौँ ।

कथाको मुख्य पात्र उदय अर्थात् सपना

ल त्यसो भए मेरी अग्ली छोरी, सुन ! “आफू केटाका रूपमा जन्मे पनि, म सानै हुँदा गलत शरीरमा परेछु जस्तो लग्थ्यो । म जब स्कुल जान्थेँ । एक त मनमा डर हुन्थ्यो किनकि जन्मअनुसर मेरो पालन पोषण केटाजस्तो भए पनि, म केटी जस्तै व्यवहार गर्थेँ।

स्कुलमा न त केटाछेउ बस्न मन लाग्थ्यो, न केटी छेउ बस्न आँट जुट्थ्यो।

मेरो व्यवहार देरेर सब केटाले मलाई जिस्काउथेँ, कहिले भाउजू भनेर, त कहिले पेट घोच्दा मेरो आवाज सुनेर ।

केटीहरूसँग म घुलमिल हुन खोज्दा सरले गाली गर्नुहुन्थ्यो, “यसरि किन बोलेको?, हात किन यस्तो गरेको?, किन त्यसरी हिँडेको ?”

यी प्रश्नले गर्दा मानशिक र शारीरिक यातनाले  होला, म एक महिना पनि स्कुल नगई छोड्नुपर्यो!

घर मै कुनै सिक्षक बोलाउन सक्ने आर्थिक  हैसियत बा-आमाको थिएन । मैले पढ्न पाइनँ।

समय बित्दै जाँदा एकातिर मेरो आनीबानी सबैलाई पचिरहेको थिएन अर्कातिर परिवारले दिएको पहिरनमा कैदीझैँ लाग्थ्यो।  समाजको व्यवहारले गर्दा निसासिएझैँ हुन्थ्यो । बाहिर घुम्न जन मन नि लाग्थे न। न कोही साथी नै थियो ।  एक्लै घरमै बस्थेँ, अलि अलि घरको काम गर्थेँ।

मेरो आनीबानी  देखेर, १० वर्षकै कलिलो उमेरमा मलाई दाइले आफैसँग भारतको पन्जाब लग्नुभयो। त्यहाँ सरदारको घरमा भान्साको काममा सघाउने गर्थेँ। खान बस्नसँगै मासिक भारु ५०० दिन्थ्यो ।

मैले रोटी सेकेको देखेर सर्दार्नीले भनिन्, ”मेरी बेटी कलेज पढ्ती है, आभि तक नही सिखी है, मगर तुमने तो कमाल कर्दिया इतने जल्दी सिख गई !” 

म औधी खुसी भएकी थिएँ र रोटी फुलेझैँ, गाला फुलाई मन्द मुकुराइदिएँ !

मलाई अहिले पनि याद छ, छोरी ! त्यहाँ बधाईको कार्यक्रममा बच्चा खेलाउन तेस्रो लिङ्गीहरू आएका थिए ! तिनीहरूलाई देख्दा सोच्थेँ, म पनि तिनीहरू जस्तो हुन पाए कस्तो हुन्थ्यो होला ! किन हो किन आफ्नो परिवार र समाजले दबाएको पहिचान उनीहरूले दिलाउने छन्  जस्तो लागेको थियो। मन लागि रहेथ्यो, तिनीहरूसँगै भागी जाऊँ, यो समाजभन्दा टाढा … तर आँट गर्न सकिनँ।

एक वर्षपछि दाइको जागिर सकेपछि  हामी घर पर्कियौं।

न म बाहिर समाजमा हिँड्न न घरमा बस्न सकिरहेकी थिएँ। घरमा फेरि गाली र एक्लोपनले केही गर्न मेरो मन लागिरहेको थिएन । एक दिन आमा घरबाहिर हुँदा, वहाँकै साडीमा आफू बेरिएर ऐनाअगाडि उभिँदा म आफू मनभित्रबाटै महिला नै हुँ भन्नेमा विश्वस्त भएकी थिएँ।

आमाले घर आउँदा मेरो यस्तो व्यवहार देखेर आखाँको आँसु पुछ्दै भन्नुभयो, “किन यस्तो गरेकी, छोरी ? तिमीसँग भगवान् ले ठिक गरेन छ”

वहाँको मुखबाट छोरी शब्द पहिलोचोटि सुनेर म अँगालोमा बेरिएँ । म खुसी थिएँ । कमसे कम आमाले त मेरो अस्तित्व चिन्नुभयो! 

“समाजले के भन्ला? हामीलाई गाउँबाट निकालिदेला।” आमाले थप्नुभयो। 

आफ्नो र परिवारको अवस्था देखेर न खान मन लागिरथ्यो न केही गर्न। एक दिन मैले घरबाट भाग्ने निर्णय गरेँ।  जनकपुरमा म जस्तै एउटा साथी सँग ११ वर्षकै उमेरमा जयनगर जाने ट्रेन चढेँ।  ट्रेनमा भारतको कानपुरमा पुगेछु। त्यहाँ मजस्तै तेस्रो लिङ्गीहरू विभिन्न उमेरका थिए।  तिनीहरूसँग आफ्नोपनको अनुभव भयो । म घुलमिल हुन थालेँ।

समान्य समाजमा जन्मअनुसार वंश चलेझैँ तेस्रो लिङ्गी समुदायमा गुरु-चेला सम्बन्धलाई महत्त्व दिइन्छ। सात पुस्तासम्मको  गुरुलाई सम्झिनुपर्छ।

छोरी सिवानी ! त्यहाँ अनेकौँ कुरा मेरो कलिलो उमेरले नपचाउन सक्ने खाले थियो। जुन उमेरमा तिम्रो  महिनावारी सुरु भएको होला, त्यो उमेरमा  मजस्ता तेस्रो लिङ्गीहरू नारित्व पहिचान पाउन बेचबिखन हुँने गल्लीहरूमा एक छाकको पैसामा आफ्नो अस्मिता बेच्न बाध्य थिए।

उमेर पुगेकाहरू दिनमा दसौँ गिद्धबाट लुछिएको देख्दा, आफू केटी बन्नलाई लाखौ पैसा चाहिन्छ भन्ने कुरा मैले बुझिसकेकी थिएँ।

कानपुरमा कहिले ट्रेनभित्र त कहिले फुटपाथमा भिख माग्न जाने गर्थे। घरको याद आउँथ्यो अनि औधी रुन्थेँ।

त्यहाँ जीवन कष्टकर थियो। मेरो उमेर नपुगेकाले त मलाई भिख मागेर छाक टार्नु परेको थियो । समय बित्दै गर्दा  उनीहरूसँग घर-घर बधाईको गीत गाउन जान थालेँ।

मागो खाओ, क्या करोगी , भगवान्‌का श्राप तो होगा, हम जैसे है, उसी मे खुश रेहाना सिख्लो  उमेर खेपेका गुरुहरू भन्थे।

कहिलेकाहीँ कुरा न मिलेर झगडा नि हुन्थ्यो।  तुम्हारा नेपालमे तो मागकर खाने भी नै देङ्गे,  अभितक अधिकार नही दिया है, यहाँ पे कमा तो सक्ति हो

कसैले आफ्नो देशको नराम्रो कुरा गर्दा मन दुख्थ्यो । यही कारणले त्यहाँबाट फर्किएँ । त्यहाँ बसे पनि अधिकार र सम्मान थिएन।

नर्कजस्तो अवस्था देखेर म ६ महिनामै फेरि घर फर्किएँ। बधाई गीत गाएर जम्मा भएको भारु २५०००  मैले आमालाई थमाइदिएँ।

मैले रुदै भने, “म यसरी बाँच्न सक्दिनँ, म नाच समूहमा जान्छु।”

यो समाजले तिमीलाई कहिले आफ्नो ठान्दैन। जे तिम्रो इच्छा छ त्यही गर।

त्यसपछि जनकपुर आएर, मैले  नाच गर्न  सिकेँ र निरन्तर  कार्यक्रमहरूमा जन थालेँ।

जसले बुझ्दछ, उनीहरूको सहानुभूति र साथ हामीले पायौँ तर जसलाई यसबारे थाहा छैन, उनीहरू पढेलेखेको कहलिए पनि मूर्ख भन्दा नि गिरेको व्यवहार गर्न, हेप्न र गाली गर्न पछि पर्दैनथे। 

कतिसँग झगडा गर्न जानु । त्यसैले सुनेर नि नसुनेझैं गर्नु पर्थ्यो।

मेरो इच्छाविपरीत १६ वर्षको उमेरमा आनीबानी सुध्रियोस् भनेर, नजिकैको गाउँको केटीसित मेरो बिहे गर्दिनुभयो।

बाँच्नका लागि कमाउन र कमाउनका लागि नाच्नु पर्ने बाध्यता मेरो थियो।

उनलाई मैले कपाल पालेको मन पर्थेन न  नाचेको। मेरो अस्तित्वबाट बेखबर उनी, न  मलाई स्वीकार्न सकिन् न मेरो पेसालाई। मैले एक दिन सब कुरा बताएपछि त्यो बिहेको बन्धनको अन्त्य भयो । हामी अ-आफ्नो बाटो लाग्यौँ।

म नाच समूहमा निरन्तर कम गरिरहेकी थिएँ।

तिम्रा कुनै काकाले तिम्रो हजुरबा र हजुरआमालाई अपनाएनन् । आफ्ना बा-आमाको साथ सधै पाइराखेँ ! गाउँलेहरूले त मलाई कहिल्यै मन पराएनन् । स्कुल जादा पढ्न दिएनन् । हिँड्दा कमर लचकाई हिँडेको भन्थे । नाच्दा किन नाचको भन्थे । समाज बिगार्छ भनेर, गाउँबाट निकाल्न सोचिरहेका थिए। गाउँ समाजले प्रश्न उठाउँदा आमाले ठाडै भन्नुहुन्थ्यो, “मेरै आफ्ना अरू छोरा-छोरी आफ्नै परिवारमा भुलेकाछन् । उदयकै कमाईमा हामी बुढा-बुढी आश्रित छौँ। खानलाउन समाजले देकोहो ? मेरै सनतान हो ऊ पनि । जसरी उसका दाजु र बहिनीलाई जन्माएकी हुँ  त्यसरी नै उसलाई नि ।  म आरू केही जान्दिनँ र मलाई मतलब नि छैन।”

कमाएको पैसाले घर खर्च चलिरहेको थियो र म अलि अलि गरेर पैसा जम्मा गरिरहेकी थिए। १७ वर्षको उमेरमा आफ्नो स्वरूप फेर्न लिङ्ग परिवर्तन गराउने निर्णय गरेँ। त्यसका लागि मुम्बई सहर जानुपरेको थियो। निल हिरा समाजले नि मद्दत गर्यो। त्यति बेला भारु ५ लाख पर्थ्यो । मसँग रु ४ लाख जति थियो । बाकी पैसा  नाच समुहकै साथीहरूबाट सापटी लिएकी थिएँ। Genital Reconstruction Surgery(GRS) र Female Hormonal Therapy सकेपछि डाक्टरले एक महिना आराम गर्न भन्नु भएको थियो।  म घर आएँ अनि बिस्तारै परिवर्तन हुँदै गएँ। म मनले जन्मदेखि नारी थिएँ । बिस्तारै तनमा आएको परिवर्तनले विज्ञानको महिमा बुझायो। बिस्तारै मेरो लिङ्ग परिवर्तनको निर्णय र  नारी पहिचानप्रति आत्म विश्वाश बढ्दै गयो।

मेरो  इच्छा थियो- कसैले मलाई त्यो नजरले हेरोस्,  मलाई नि कसैले माया गरोस्। गाउँमा हिँड्दा सबको नजर ममाथि हुन्थ्यो माथिदेखि तलसम्म हेर्थे।

म, “कैले कटी देखेको छैनौ ? भनी अगाडि बढ्थेँ।“

म नाच कार्यक्रममा जाँदा आफ्नो नारीत्वको प्रमाण दिन कयौँले जबर्दस्ती गर्न खोजे। 

“कति लिन्छस्,  हिँड्” भन्नेहरू कैयौँ आए तर मैले ठाडै नाइँ भन्थे ।

सिवानी ! केटी पडोसी को Wifi जस्तै  available but not accessible  हुनुपर्छ !

एक वर्षपछि तिम्रा बुवासँग भेट भयो।  वहाचाहिँ परिवर्तन भएर पुरुष हुनुभएकोथियो । हामी राम्रो साथी पहिलेदेखि नै थियौँ । हामीले बिहे गर्ने निर्णय गर्यौं ।

त्यसपछि हाम्रो जीवनमा तिमी आयौ छोरी!

तिमी जन्मेको दुई  दिनपछि मात्र अञ्चल अस्पतालबाट तिमीलाई अपनाएकी थिएँ । जन्मिँदा तिम्रो तौल सामान्य भन्दा कम थियो । तिम्रो रोदनले मेरो मातृत्व भावलाई रोक्न सकेन । काखँमा बोकी घर ल्याएँ।

समाजले  स्वीकार्नुको साटो ममाथि औँला उठाइरहेको थियो, “कसको पाप आफ्नो टाउकोमा बोक्न लगेकी, यो किन्नरले ?” 

तिम्री हजुरआमा खुसी थिइन् तर चिन्तित भएर भनेकी थिइन्, “बाच्दैन यो बच्चा त, उमेर पुगेको बच्चालाई अप्नाउँदा हुन्थ्यो नि छोरी !”

मलाई अहिले पनि याद छ त्यो दिन, बिहानको ३:४५ मा मेरो निद्रा खुल्दा तिम्रो हात मेरो पेटमा थियो!” आमा बन्न त गर्भबाट मात्रै नभई मातृत्व भाव र त्यागले नि पुग्दोरहेछ !” मैले त्यो दिन बुझेँ।  छोरी ! त्यस दिनदेखि मैले तिमीलाई कहिले एक्लै छोडिनँ !”

तपाईको नागरितामा अहिले पनि उदय नै लेखिएको छ त। सबले समानताको कुरा गर्छन् तर तपाईँहरूलाई देशको नागरिकमा नि गनिदैन । न त महिला ठानिन्छ न त तेस्रो लिङ्गीको दर्जा दिइएको छ। आमा म कानुनविज्ञ बन्छु र तेस्रो लिङ्गी समुदायको हक अधिकारका लागि लड्ने छु !

लैङ्गिक पहिचान समाजिक नभई व्यक्तिग कुरा हो। इन्द्रेणी सात रङ्ग जस्तै मानवीय पहिचानमा  प्राकृतिक विविधता छ। बेरङ्ग प्रकाश जसरी आकाशमा इन्द्रेणीको सात रङ्गमा देखिन्छ त्यसरी नै मानवीय लैङ्गिक पहिचान विविध भए पनि मूल पहिचान मानवता हो।

समाज र परिवारले  व्यक्तिको पहिचान तोक्नु भन्दा नि त्यो व्यक्ति आफूले  आफ्नो पहिचान खोज्न सक्ने वातावरण सिर्जना गरिदिए पुग्छ । सबैलाई आफू भएर बाँच्ने आधिकार हुन आवश्यक छ छोरी!

यतिकैमा हजुरमा चिया लेएर आउनुभयो।

“म त चिया पिउँदिनँ नि, बरु एक गिलास दुध नै ल्याउनु न!” पर गाईले बछीलाई माया गरेको देख्दा, म आमाको अँगालोमा बेरिए छि बल्ल बुझेँ, “गर्भबाट मात्रै नभई, मातृत्व भाव र त्यागले आमा बनिँदोरहेछ!”