आकाशले बोलायो फेरि तिमीहरूलाई
देशले रुँदै खोज्यो हाम्रा वीर सहिदहरूलाई ।।
समिरलाई स्वतन्त्र बनाउन तातो गोली खायौं छातीमा
निरङ्कुशता हटाउन त्यागीदियौ अफ्नो शरीर अन्धकारमा ।।
काहाँ खोज्न जाऊ तिम्रा पाइलाहरू, हराइसके सबै
बाँकी थिए तिम्रा योगदानहरू तर पापीले मारिदिए सबै।।
तिमीहरूले रगतको भेल बगाएर बनाएको यो देश
आज कुर्सीको मोहले खोई कता जाँदै छ हाम्रो देश।
तिम्रा त्यागलाई जानदिने छैनौ हामी
यो बिमारी भएको हाम्रो देशलाई उपचार गरी
दुस्साहास गर्ने यो रोगलाई हटाउने छौँ हामी।।
हामी हिँड्ने काँधमा काँध मिलाई
अन्धकारलाई हराउने छौँ साथमा साथ मिलाई
हामी सजाउने छौँ देशलाई शान्ति र विकास मिलई।।
लेखकको सम्वन्धमा