May 31, 2023, Wednesday
२०८० जेष्ठ १७, बुधबार

साइकल (बालकविता)

 सानो यो साइकल 
 गुडी जाने मसँग 
 मलाई बसाएर 
 मलाई घुमाएर । 
  
 घण्टी बज्छ टिनिनी 
 हावा चल्छ सिरिरी 
 चक्का घुम्छ फिनिनी 
 म नै घुम्छु सिनिनी । 
  
 कहिले यो बाबाले 
 कहिले यो आमाले 
 खेलाएर मलाई 
 भुलाएर मलाई ।
  
 नयाँ यो साइकल 
 साथी यो आजकाल 
 चढ्छु सधैँ यसमा 
 खेल्छु सधैँ यसमा ।