संसार हिजो कस्तो थियो, आज हेर्दा कस्तो छ
पहिला त नेपालको धन हरियो वन थियो
अहिले त आखिर सुखा तपोवन भएको छ।
पहिले मानिसले धन किन्थे अरे
अहिले त उसलाई नै धनले किन्छ हरे !!
मेरो सपना हरेक रात कहाँबाट कहासम्म पुग्यो
तर मेरो राष्ट्र भने त्यँहाको त्यहीँ अल्मलियो
नेपालको सुख समृद्धिको लागि म हरपल जुटिरहेँ
तर के गर्नु र खै खोइरो तान्नेले मलाई पछारिदिए
पढ्ने मेरो अधिकार हो, ज्ञान फैलाउने दायित्व हो
यसैगरी दुर्गम क्षेत्रमा शिक्षा अदानप्रधान गर्ने मेरो सपना हो।।
सपना हेरेर वा देखेर कहाँ पूरा हुँदोरहेछ र ?
बिहानीपख अगरबत्तीले ईश्वरलाऐ वरदान मागेर, फल कहाँ पाइदो रहेछ र ?
पृथ्वी विशाल छ, यहाँ दुःख नगरी सुख कहाँ पाइदोरहेछ र।।
हाम्रा छिमेकी राष्ट्र पहिला हामीजस्तै थिए
सबै जनता मिलिजुली देश विकास गरेका थिए
सधैँ सरकारलाई हामी दोष दिन्छौँ
त्यसो भए सरकारलेचाहि कसलाई दोषी मान्ने?
क्रिश अर्याल "जिज्ञासु
लेखकको सम्वन्धमा