February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

पर्स

 संसारलाई राज गर्ने तिमी नै हौ 
 सारा मानिसलाई नचाउने खेलाडी तिमी नै हौ 
 हे पर्स, 
 आज तिमीलाई हेर्दा 
 मलाई रुन मन लाग्छ 
 खाजा खाने पैसा नहुँदा 
 पेटमा मुसा कुद्ने समय भएको छ 
 तिमी त तरकारीमा नुन मिसाए जस्तो रहेछौ 
 प्रेमिका रिसाएजस्तै 
 तिमी रिसाउँदा 
 मेरो जीवनमा सङ्कट काल नै घोषणा हुने रहेछ
 धनी र गरिब दुवै तिम्रै मुहार हेर्छन् 
 हे पर्स !
 यति फरक छ कि- 
 धनीले भारी आगाडि बोक्छन् 
 र गरिबले भारी पछाडि बोकी हिँड्ने गर्छन्।