पोहोरपरारको भैंचालोले भत्काएको घर र पालीयसपालिको बर्खामा पनिउही चुहिने त्रिपाल भिरेरभग्नावशेषका रूपमा उभिएको छर,म आफू त्यहीँ ओत लागेरपुननिर्माणको हुङ्कार सुन्दै छु । मेलम्चीले काठमाडौंको तिर्खाकहिले मेट्ने हो भनेरपल्लाघरे गफ गर्छन् माथ्लोघरको घरका घुरेनमारेल कुदाइदिने आश्वासन पाएकाहरूदङ छन् अनि जिल्ल छन् आफ्नो चुहिने झुप्रो टाल्न नसक्ने हामीनामर्दका बथान पालेर बसेकागाईजात्रेहरूबाटशासित छौँ शासक ती मर्दहरूआफ्नो पोल्टो भर्दै छन्भतेर साहोरेर खर्बको । देशको परिभाषा उधिन्ने क्रममाचारैतिरबाट भान्छे लागेका छन् अरे किन हो कुन्निछिमेकीहरू पनि माटो मिचेरआफ्नो बनाउदै छन् रेकसलाई केको चासोदेश देख्नेलाई नदुखेपछिआफ्नो माटोतिर फर्केरआफ्नै मुख र अनुहारमा समेतपर्ने गरी थुकेरधुजा धुजा च्यात्ने दाउमा हिँडेपछिदेश कहाँ पाउनु, हेरेर मात्रमलाई त देशको परिभाषा लेख्नहम्मे हम्मे पर्दै छ किनभनेम देशभित्रै छु कि छैन भनेरआपूmले आफैलाई छाम्नु पर्ने भएपछि ।
लेखकको सम्वन्धमा