चुलो चौको र मझेरीमा लुटपुटिएर
जीवन फुलाएर सिँगार्दै सधैँ
तन काटेर मन बाँडेर सन्तानहरुमा
अभाव र गरिबीको सुस्केरामा
भाग काटेर सधैँ छाक टारीरहन्थ्यौ ।
आँसुको सागरबिच मुस्कान छर्दै
लाखौँ पीडा र बेदनाको गीत गाउँदै
जीवनरुपी रथलाई हाँक्दै, हाँक्दै
उकाली ओराली र भन्ज्याङहरूमा
सत्य र निष्ठाका विगुल बजाउँदै
सधैं सन्तानको भविष्य र राष्ट्रको
संवृद्धि र विकास सोची रहन्थ्यौ ।
तर तिमी झरी बादल र असिना सँगै
बाढी, पहिरो र भुकम्पसँग जुधिरह्यौ
आस्थाको धरोहरमा खोट नलगाई
संस्कार र संस्कृतिको महिमा अनि
समानता र जातीय मुक्तिको अनेकौँ
मोर्चामा अनि संघर्षका मैदानमा
पुरुष सँगै हातेमालो गरिरह्यौ ।
नारी मुक्तिको गीत गाउँदै, हिँड्नुछ अब
विभेद र अपमानका जन्जिर चुडाल्दै
मान सम्मानको रक्षाका लागि
खबरदारीको सङ्खघोष गर्दै
पुरुष सँगसँगैको मोर्चामा हातेमालो गर्दै
जुटेर सफल बनाउनुछ नारी दिवश
ज्ञात अज्ञात सहिदहरूप्रति
टक्र्याउनुछ श्रदासुमन र समर्पण भावहरू ।
सन्दर्भ – अन्तराष्ट्रिय श्रमिक महिला दिवश ( ८ मार्च )
लेखकको सम्वन्धमा