हुन् सष्टि गरने सब जगतकी, माता जननी अनि
लक्ष्मी सरस्वती देवी पार्वती सीता, हुन् नारी नै ती पनि।।
हुन्या छैन उज्यालो त बुझिदिनुस्, नारीबिनाको घर
नारीको दु:ख सुख शक्ति सबै , भन्न को पो सक्छ र ।।
बालक छिन पहिले कुनै दिन पछि, हुन्छिन् कुमारी पनि
किशोरी पछि फेरि नौलो घरमा , जान्छिन् बुहारी बनी।।
आमा बन्दछिन् धेर कष्ट सहँदै, संसारमा पार हुने
जन्मन्छन् यहाँ ठुला ठुला पुरुष त, यो विश्वको सामुने ।।
टेक्छन् सगरमाथा पुरुषहरुले, जन्माउदछिन् नारीले
पुगिन् पासाङ्ग ल्हामु पनि त्यहाँ, छेकेन है सारीले ।।
आफ्ना प्राण पियार अघि हुन गए , ती आँसु झार्छिन् कति
आफू नि अघि ता गइन् यदि भने , विवाह गर्छन् पति।।
अन्याय सहँदै धर्तीमा रहँदै, संसार थाम्छिन् पनि
निर्मला पन्त नि अझै कुरिरछिन्, पाउछु कि न्याय भनी।।
हेटौडातिरकी सुस्मिता थापाको, हेर त के भो गति
येस्तै नि नियति सधै हुने भए, नजन्मियुन नारी जति।।
चिथोर्दै टोक्दै लछारपछार गरी अरू गरे के अनि
स्कुल गएकी प्राणै छिनिदिए भागरथीको पनि ।।
सृजना पनि त तेसै गरी गइन् खै न्याय तिनको भयो ।
न बालकै भने न बृद्धालाई छोडे सुरक्षा खै कहाँ रह्यो ।।
वकिल डक्टर पाइलट नारीहरू छन् जुनै निकाय पनि
तैपनि पछिसर्न बाध्य किन हो नारी रूपैले अनि।।
तराजु पनि त बराबरि गरी देखाउँछ न्यायलय
सामाजिक कारण कुरीति धारण नारीलाई जैले भए।।
लेखकको सम्वन्धमा