December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

१२ बाछिटा

 १
 बाछिटा
 साहित्यको हो
 प्रतिष्ठा
 
 २
 मानव
 स्वभाव भित्र
 दानव
 
 ३
 जगत
 जीवन त हो
 फगत
 
 ४
 सङ्घर्ष
 खोज्नुछ भित्र
 विमर्श
 
 ५
 किताब
 जीवनको हो
 हिसाब
 
 
 ६
 सुखमा
 नमात्तिनु है
 दुःखमा
 
 ७
 जङ्गल
 भेटिन्छ भित्र
 मङ्गल
 
 ८
 कविता
 जीवनको हो
 भविता
 
 ९
 पौरख
 देखाउनु छ
 गौरव
 
 १०
 शासन
 बकम्फुसे छ
 भाषण
 
 ११
 विकृति
 राजनीतिमा
 कुकृति
 
 १२
 सत्तामा
 भुलेका सबै
 स्वार्थमा