April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

मेरी आमा

 ए मेरी आमा,
 नौ महिना कोखमा राखी, अनेक दुख सहेर
 मेरा लागि साहसी पाइला चालेर
 रगतको भेल बगाई
 सङ्घर्ष र हिम्मतका साथ जन्म दियौ तिमीले
  
 ए मेरी आमा,
 खाली खुट्टा हिँड्यौ, भोको पेट खट्यौ
 मेरा जीवनमा हरियाली थप्ने कृषक हौ तिमी
 मेरै रक्षार्थ लड्ने सिपाही हौ तिमी
 मारो हाँसोका लागि जीवन त्याग्ने वीर सहिद हौ तिमी
  
 ए मेरी आमा,
 मलाई चोट लाग्दा तिमीलाई दुख्छ
 म विमारी हुँदा रातभर मेरो सेवामै तिम्रो निद्रा पुग्छ
 तिम्रा ममताअगाडि भगवान् पनि झुक्छ 
 त्यसैले त
 तिम्रा हरेक प्रार्थनामा म
 तिम्रा हरेक आशीर्वादमा म
 तिम्रो जीवन नै म ।
  
 ए मेरी आमा,
 मैले आकाश छोए पनि मेरो आधार तिमी
 मैले जति दुख दिए पनि माफी दिने क्षमा तिमी
 मेरो सङ्घर्ष हौ तिमी
 मेरो गर्व हौ तिमी
 मेरी आमा हौ तिमी
 मेरी आमा हौ तिमी ।