March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

‘म’ र कोरना

'म' एक अक्षर
हामीले पढेको
सधै राम्रो हुनु पर्ने
किनकि राम्रो 'म'।
'क' लाई पुरे नि हुने
बुढो जोसुकै हुने
तर
राम्रो 'म'
हामीले पढेको
कखरा चिनेको।

गाई गोडे 'ग'
गाई गोडेर घर बानएको
चरीचुच्चे 'च' ठुङ्गै
छाताको एकता 'छ' भन्दै
झन्डा झारेर गोरु सिङ्गे
बनेका बुढा 'ञ' हरु
तर पनि
राम्रो 'म'
हामीले पढेको
कखरा चिनेको।
आधा काटिएका 'ट' का जमात
कण्ठ मिल्ने त कुरै छैन
डाङ्डुङ पारिएको 'ड'
भए नि
कुकुरका पुच्छर 'ढ'
फरक पर्दैन
किनकि
राम्रो 'म'
हामीले पढेको
कखरा चिनेको।
 
तराजुमा जोख्न नमिल्ने 'त'
फरिया 'फ' बेरेर
बकुल्लो 'ब' ध्याँनमा
भकुन्डो 'भ' खेल्दै छन् देशमा
तर पनि राम्रो 'म'
हामीले पढेको कखरा चिनेको।
 
यज्ञ 'य' हराएर रमिता र
वकिल 'व' सहरमा
षडमुखी सरिता खोज्दै छ।
तर पनि
राम्रो 'म'
हामीले पढेको
कखरा चिनेको।
 
हलो 'ह' अनि ऊ र गोरु
क्षेत्रियता खेत जोत्दै
ज्ञानी बन्नु छ 'म'
किनकि
राम्रो 'म'
हामीले पढेको
कखरा चिनेको।
 
सायद त्यहि भएर होला
आजकल मपाईंत्व बढेको छ
आडम्बरको पारो चढेको छ।
'आइ' एक्लै बसे ठुलो हुने रे
बाँकी अरू सबै सानो।
किनकि
'आइ' मपाईंत्व प्रतिबिम्ब हो।
आडम्बरको साँढे हो।
तर आज राम्रो 'म'
डराउँदै छ।
पिजडामा खुम्चिँदै छ
किनकि
कोरना छ 'म' भित्र।
आडम्बरको जालो च्याती
निर्लज्ज 'म' देखिने डर
आज
लुकामारी खेल्दै छ 'म'
कोरना बित्र
किनकि कोरना छ
'म' भित्र।