February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

पर्देशी मन

 यस पाली बाबा चाहेर पनि घर आउन सकिनँ
दोबाटो कुरी मलाई नै सम्झी नरुनु है आमा
परेशी जीवन चाडबाड हाम्रा मनाउन पाइएन
जमरा अनि निधारमा टीका लगाउन पाइएन ।
 
 
पर्देशी जीवन सोचेको जस्तो नहुँदो रहेछ
जीवन दिक्क लागेर आउँछ प्रदेशमा हुनाले
चाडबाड आउँदा गाउँघर सम्झी आँखा नै रसाउँछ
तस्बिर हेरी विगत सम्झी मन त्यसै भुलाउँछु
                                
 
धन र पैसा सबथोक हैन यै कुरा बुझाउँछु
बा-आमा मेरा अमूल्य धन मनमा सजाउँछु
यस पालि आउन नपाए पनि अर्को साल आउने छु
स्वदेशमै बसी इलम गरी स्वरोजगार बन्ने छु ।