December 4, 2023, Monday
२०८० मंसिर १८, सोमबार

बिदेसिनुको पीडा

यो दसैंमा जमरा-टीका लाउनपाइनँ आमा मैले
सात समुद्रपारि पसिनाको धरा चुहाउँदै छु ऐले
मन त साह्रै दुख्छ परिवार सँगै हुन नपाउँदा
कति सुहाउँथ्यो मलाई जमरा-टीका लगाउँदा ।
झनै गाह्रो भा छ आमा कोरोनाले गर्दा
सहयोग गर्ने कोही छैन दुःख-कष्ट पर्दा
फर्किन नि सकिन म छैन केही कमाइ
काम गर्दा नि खनुपर्छ आमा साहुको भनाइ ।
 
बाध्यताले बिदेसिएँ आउँछु अर्को दसैंमा
बाटो हेरी बस्नु आमा छोरो आउने आसैमा
मनाउनु है आमा दसैं सबै मिलीजुली
दुर्गा माताको पूजा गरी चर्के पिङ खेली ।