अकाशमा बादाल वरपर गरिएको थियो
सूर्यको उज्यालोको परखाइमा कुखुरा बासन खोजिरहको थियो
जून पनि कहिले देखिन्थ्यो त कहिले बादलभित्र हराउँथ्यो
सबैतिर अन्ध्कार नै अन्धकार थियो ।
जूनजस्तै मेरा कल्पना अन्धकारमा हराउँदै थिए
लाखौं प्रश्न थिए तर उत्तरको भाँडो खाली थियो
त्रासको सगार मनभित्र उर्लिरहेको थियो
निद्रा थिएन तर मनभरि सपना र आशाको दियो बलिरहेको थियो ।
कहिले देशका कुरा सम्झी मन रुन्थ्यो
कहिले निर्मला बैनीको आत्मा यहीँ कतै भएको आभास हुन्थ्यो ।
म जूनसँग अफ्नो मुस्कान माघिरहेको थिएँ
हावासँग रफ्तार खोजिरहेको थिएँ
अन्धकारसँग अफ्नो उत्तर खोजिरहेको थिएँ
तारासँग सफलताको उचाइ सोधिरहेको थिएँ ।
मेरो मन कहिले कर्णालीको पीडाले रुन्थ्यो
कहिले लिपुलेक सम्झेर देशभक्ति रगतमा उम्लिन्थ्यो ।
मान अफूभन्दा टाढा थियो
सोचाइ सागरभन्दा गहिरो थियो
जून र तारा साक्षी थिए
त्यो रात हाँसो र आँसु मित्र थियो
आँसु र हाँसो मित्र थियो ।
लेखकको सम्वन्धमा