आधागाग्रो पानी

‘एकबाजी आउँछ अल्लारे जोबान दुनियाँ हँसाउँछ ।
उटपट्याङ गरी उत्तिकै रुन्छ, उत्तिकै रुवाउँछ ।।’
यो लोकगीतको सम्झना हुनेबित्तिकै मलाई ‘आधिगाग्रो पानी’ भन्ने उखानको पनि सम्झना भैहाल्छ मानाँै यी दुई एकै हुन्, सायद हुन् पनि, मात्रै शब्दसंरचना भिन्न ।
अल्लारे भनेको अपरिपक्व किशोर हो, काँचो, कटमेरो, नपाकेको, नछिप्पिएको, वयस्क नभएको, जिम्मेदार भैनसकेको, धितधरान नलागेको, अनुभवले नखारिएको जथाभावी बराल्लिहिँड्ने । अर्को शब्दमा अद्र्धज्ञान, अद्र्धसोच र अद्र्धअठोट भएको । तब त आधिगाग्रो पानी– हल्लिरहने, छचल्किरहने, अस्थिर कुनै ठोस दिशा र दृष्टि नभएको । त्यस्तो भएपछि आपूm पनि हल्लिएर दुख पाइरहन्छ, बोक्ने मान्छेलाई पनि गाह्रो पारिरहन्छ ।
वास्तविक आधागाग्रो पानीले त हल्लिएर, छचल्किएर बोकुन्जेल केहीबेर दुख देला, पोखिइगए पनि पानी नै त हो, धेरै पीर नहोला । तर आधिगाग्रो पानी छचल्किएभैmँ उम्लिरहने र चकचकाइरहने काँचो बुद्धिको अस्थिर अल्लारे मान्छेको कुरा भने पानीको जस्तो बढी चिन्ता गर्नु नपर्ने निरापद हुँदोरहेनछ । अर्थात् उसले उद्देश्यहीन बराल्लिएर, उटपट्याङ काम गरेर आपूm पनि दुख पाइरहन्छ तथा अभिभावक र सरोकारका मान्छेलाई पनि दुख दिइरहन्छ, त्यसैले चिन्ताजन्य हुन्छ ।
त्यसो त सबैले नै एकपल्ट अल्लारे हुनैपर्छ र धेरथोर दुनयाँ हँसाउनै र कतिपय झमेलामा फँस्नु र फँसाउनै पर्छ । हामी पनि भयौँ, काँचो बुद्धिमा बाँसको तामाले सगर छेड्छु भनेभँैm केके न नाप्ने भएर केके ताहुरमाहुर ग¥यौँ र आपूmले पनि कति दुख पायौँ अरूलाई पनि कति दुख दियौँ जसको असर धेरै त सामान्य नै भयो तर कति चैँ बाँचुन्जेल पीडामय रह्यो, आपूmआपूmलाई नै थाहा छ ।
साँच्चै अल्लारे काँचो बुद्धिमा त हो अनेक उटपट्याङ गर्ने, ओ¥याइँ गर्ने, उपद्रो गर्ने, महत्वपूर्ण र दिगो कामबाट तर्किने कारण त्यस्ता कुरा स्वभावैले कठिन, मेहनत र धैर्य माग्ने र तुरुन्तै भनेजस्तो परिणाम दिने हुँदैनन् । सजिलो, धैर्य नचाहिने कुरामा लाग्ने, समय खेरफाल्ने, परिवार र सरोकारका अरू मान्छेमा पनि तनाव गराउने, आर्थिक हानि, पढाइ आदि सिक्नुपर्ने सीप छुटेर वा राम्ररी नसिकिएर अद्र्धको अद्र्धै रहने, कतिपय अवस्थामा ड्रग, तासजुवा, यौनविचलन तथा आपराधिक कुवृत्तिमा फँस्ने जीवनभोगाइको अभिन्न वाटो नै हो । ठुला र पाकाहरूले सम्झाउन खोज्दा, कतिपय कुरामा असहयोग र विरोध गर्दा झगडा पर्ने र ठुलो तनावसँग गुज्रिने गर्नु पनि त्यसैको अङ्ग हो । उता उमेर नरोकिने र स्वत छिप्पिँदैजाने क्रममा पछि परिवर्तन पनि असम्भव वा कम्तीमा सारै कठिन भएर अन्तत धेरैको ‘फलानो त कामै लाग्दैन’ भन्ने बदनामीमा समाप्त हुने कुरा जीवन बँचाइको अविभाज्य यथार्थ रहिआएको छ ।
तर के यस्तो अल्लारेता खासमा अल्लारेपन, मानव जीवनको बढ्ने क्रममा जीवनजगत्का यथार्थको सम्भव अनुभव र ज्ञान हुन नपाएको तर शारीरिक रूपले वयस्कसरह भैसकेको उमेरखण्डमा स्वभावत आइपुग्ने उटपट्याङजन्य किशोरकालीन formative days का प्रवृत्तिको मात्र नाम हो कि जुनसुकै उमेर वा योग्यताका मान्छेबाट जहिले पनि हुनसक्ने अपरिपक्व, लहडी र प्राकृतिक दृष्टिले अव्यवहारिक सोच, निर्णय र त्यस आधारमा गरिने काम र त्यसको परिणामस्वरूप स्थितिअनुसार झन् बढी सिङ्गो मानव समुदायलाई नै अनेकौँ गोता खुवाउनसक्ने बहुलट्टीपूर्ण प्रवृत्तिको नाम पनि हो ? सोझो शब्दमा भन्नुपर्दा अल्लारेता किशोर र अपरिपक्वमा मात्रै हुन्छ कि वयस्क, योग्यताप्राप्त र जिम्मेवार मान्छेमा पनि हुन्छ ? मानवीय विकासका सन्दर्भमा कुरा गर्दा यो प्रश्नको उत्तर खोज्नु अत्यन्त जरुरी देखिन्छ ।
त्यसो त यो करिबकरिब सबैजसो मान्छेको यथार्थ हो । तर लाग्छ अनिवार्य भने होइन । १२—२५ वर्षको अवधिलाई ढलपलाउँदो उमेर नै मानिन्छ तर समस्याग्रस्त र समस्याकारक नै हुनुपर्छ भन्ने जरुरी भने नहुनुपर्ने हो । हुनपनि खासगरी व्यापारिक, उद्योग व्यवसाय आदिमा व्यस्त रहने परिवारमा यो कमै समस्याका रूपमा देखिन्छ जब कि खासगरी अर्काको श्रममा मौजी जीवन बिताउने उच्चमध्यम र कुलीन पनि भनिने उच्च वर्गमा भने समस्यामात्र नभएर ठुलो अभिषापकै रूपमा हुनसक्तछ । मात्रै उच्चवर्ग समाजको नेतृत्वदायी वर्ग भएको हुँदा यी समस्यालाई आँखा चिम्लिदिने गरिन्छ । तर त्यस्ता आधीगाग्राले नेतृत्व गरेको समाजको हालत पनि लथालिङ्गे नै रहनु स्वाभाविक क्रमिकता नै हुनेहुँदा ‘को कम खराब ?’ भन्ने मात्र कुरा आउँछ । त्यसैले मुलत यो उपयुक्त सामाजिक–सांस्कृतिक–आर्थिक परम्परा, पद्धति र राज्यको आफ्ना नागरिकका जीवनप्रति दायित्वबोध, कर्तव्यपरायणता र व्यवस्थापकीय क्षमताका चरम अभावको पहिचानबाहेक के हुनसक्छ र ?
करिब आठ कक्षातिर हुँदा एउटा याखा थरको मेरो मिल्ने साथीलाई गल्लामा पठाउन लागेको थाहापाएर नपठाउन उनका बालाई भन्दा उनले भनेको जवाफ सम्झिएपिच्छे बिजाइरहन्छ ः ‘डाँक्लामा पानी चढ्न थाल्यो र तेरा कुरा इस् भन्ने दिन आइसक्यो । पुग्ने खेतीपाती छैन । पढाइमा पनि त्यति राम्रो छैन तिमरुजस्तो । अब यसलाई जाँड खाने, तासजुवा खेल्ने, रन्डीबाजी र अनेक ओ¥याइँ तथा झगडा र मारपिट गर्ने र मरिजाने वा झ्यालखानमा सड्नेबाट कुन भगवान्ले बचाउँछ ? पल्टनमा गएपछि ढुक्क ज्यान पनि सधिन्छ, काम पनि सिक्छ,पेन्सन भएपछि एउटा बन्दोबस्त पनि बाँधिन्छ ।’
राज्यलाई पनि तन्नेरीजति बाहिर पठाएपछि (वा त्यसरी ल्याङफ्याङ तालमै सडिरहन छोड्दिएपछि) शान्ति सुरक्षालगायत विद्रोहको खतरा नहुने, व्यवस्थापकीय दायित्वको झन्झट नरहने वा कम रहने, उल्टो त्यसबापत सरकारलाई सोभैm पनि र ऊमार्पmत् हुने आम्दानी पनि देशमै आउने र त्यो पनि घुमीफिरी सरकारकैै मुट्ठीमा आइपुग्नेहुँदा जनतालाई त्यस हालतमा राखेर मस्तीसाथ सुरासुन्दरीभोग र सत्ता खोसाखोसको तरबारबाजी गरिरहन पाइनेसम्म तारतम्यको गहिराइको ज्ञानचैँ उनमा पनि थिएन होला, यो पङ्क्तिकारमा पनि थिएन त्यसबेला ।
तर लाग्छ यो अल्लारेपन वा काँचो बुद्धिको एउटा पाटो मात्रै हो— माथि भनेभैmँ मुलत उमेरसँग गाँसिएको पाटो जुन अत्यन्त स्वाभाविक हो कारण सबैबाट हेपिइरहने बाल्यावस्थाबाट ह्वात्त बढेका हातपाखुरा, अग्लिएको ज्यान, भरिएको बल, धोद्रिएको स्वर, हौसिएको आँट र चुरफुरिएको रहरले बुद्धि पाकेर र अनुभवले खारिएर सन्तुलित हुन केही समय र केही उतारचढाव नझेलोस् कसरी ? अझ आगामी यथार्थ जीवनको वास्तविक कठिनाइसँग जुध्न आवश्यक शारीरिकसँगै आत्मिक खँदिल्याइँ प्राप्त गरिराख्ने त्यो एउटा प्राकृतिक प्रावधान पनि हो कि ?
तर अलिक गहिरिएर जैवनिक यथार्थको वृहत् परिप्रेक्ष्यबाट हेर्दा भने यो अल्लारेपन वा आधिगाग्रो पानीको सान्दर्भिकता हाँस्यो उडायो गर्ने गफ वा खुइया गरेर आक्रोशमा एक्लै भुटभुटिने गुनासोमात्र नभएर अत्यन्त गम्भीरतासँग व्यवस्थापन गरिनुपर्ने जटिल विषयकै रूपमा भेटिन्छ । कारण त्यस परिप्रेक्षमा जीवन, विद्वान्हरूले आआफ्ना किसिमले भनेजस्तै, कहिल्यै परिपक्व भैनसक्ने सिकाइ र व्यवहारको एउटा अन्त्यहीन सिलसिला देखिनेछ । मात्रै सामान्यताका कारण यसलाई असामान्य मानिँदैन । कारण जीवन सधैँ नै बल, धन र बुद्धिको प्रयोगमा सम्बद्ध अल्लारेता तथा त्यसका समेत कारण हुने प्राकृतिक वा वातावरणीय संकटजनित चौआयामिक किचडघानमा जसको शक्ति उसको भक्ति भएरै गुज्रिरहेको हुन्छ जसमा सशक्तहरू यथाशक्य कलछलबल चाँदी काटिरहेका हुन्छन् (वा त्यस्तो ठान्दछन्) भने अशक्तहरू भुसिया कुकुर मरेको जस्तो वा दिनैपिच्छे काटिखाने हाँसकुखुराको जस्तै नारकीय जीवन भोगिरहेका हुन्छन् जुन सामान्य दैनिकीजस्तै सामान्य भैरहेको हुन्छ जसका बारेमा केही सोचिरहनु नै छैन ! हुनपनि सामान्यताको घनपर्दाभित्र हराइरहेका घर–बजार–सडक–स्कुल–अफिस सर्वत्र भइरहने यस्ता सानाठुला आमानवीयताको वास्ता गरेरै के साध्ये ! बरु साहित्यमा प्रस्तुत घटनाचैँ स्मरणीय लाग्ने भैसकेको निर्मम यथार्थलाई ख्याल गरेर यहाँ बिपीको हिटलर र यहुदी (पृ. )र जेराल्डाइन ब्रुक्सको पिपल अफ द बुक(पृ २१७–५८)का दुई सन्दर्भ उल्लेख गरिएको छ । बाल्यकालमै यौनकर्मी हुनुपरेका कारण अत्यन्त अस्वाभाविक शारीरिक विकास भएकी त्यो बालिकाले स्वाभाविक रूपमा उनलाई गाहक बनिन अनुरोध गरेको देख्दा बिपीलाई ठुलो टिठ लागेर आउँछ । अर्को, यहुदी भएकै अपराधको आरोपित किशोर रिउबेन उर्पm रिनातो इन्क्वीजिसनका हाकिमलाई घुस खुवाउन नसक्ता चरम यातनाद्वारा मारिन्छ । दैनिक जीवनमा अति सामान्य लाग्ने यी दुवै यथार्थ धर्म, कानुन, राज्यको दायित्वहीनता अझ दुरुपयोगका जघन्य उदाहरण हुन् ।
यसबाट जीवनाधारै मानिएका र चलेका धर्म र राजनीति नै सक्नेले नसक्नेलाई राजकीय र दैवी दुवै वैधानिकताका आडमा इच्छामाफिक लुट्न पाइने ठगीका झन् त्रूmर बहानामात्र हुन् भन्ने देखिनआउँछ ।
साँच्चै श्रीमतीको मासिक धर्मका कारण रोकिएको श्राद्ध गर्न सुन नत्र बाछी चाहिने किन जब कि त्यो एक रुपियाँ वा पूmलको थुँगैबाट पनि हुँदोरहेछ ! के यो शक्तिका बलमा थोपरिएको लहडबाजी नै होइन त ?
सती जान नमान्नेलाई खुट्टा भाँचेर पनि चीतामा चढाउने महापण्डितहरुलाई त अद्र्धज्ञानी नभनेर महाज्ञानी र महाधर्मात्मा मानेकै थियो तर त्यो पनि ठगी खाने भाँडो बनाइएको अद्र्धज्ञान नै रहेछ !
अलिक ठुला राजनीतिक परिप्रेक्ष्यमा कुरा गर्दा यहुदी मास्ने र जर्मनीको झन्डामुनि विश्वलाई स्वस्तिकमय बनाउने पागलपनका सीमाको त्रूmर हिटलरी लहड कसरी चरम अल्लारेपन होइन ?
अथवा नेपोलियनले देखेको संसार विजयको सपना जो एकदशक नपुग्दै स्वयमलाई सम्म बचाउन नसक्ने विपनामा परिणत भयो । यस्तो लहडबाजी सानो अल्लारेपन होला त ? उसको त्यस अल्लारेपनका कारण कति मान्छेको ज्यान गयो ? त्यस्तै गरिबको स्वर्ग बनाउने भनेर पचासौँ लाख मान्छे मार्ने लेनिन–स्तालिन–पोलपोट–माओ–पुष्पकमलबाबुराम आदिको लहडलाई अपरिपक्वताको कुनचैँ तहमा राख्नु उपयुक्त होला !
तर बडाले जे गरेपनि सर्वसम्मत मानिने यथार्थअनुसार प्रौढ वा पाका, अझ कथित हैसियत भएकाहरूले गरेका उटपट्याङलाई जतिसुकै अनपत्यारिला र त्रूmर भएपनि अल्लारे भनिँदैन । रुँदैरुँदै विलाप गर्दापनि साउती गरेर फुफुसाइन्छ मात्र ।
नत्र कथित पञ्चायती प्रजातन्त्रमा त्यसका विरोधीलाई अत भनेर मार्नेहरूको सोच कति अपरिपक्व रहेछ ? तीस वर्ष पुग्दानपुग्दै त्यसको चिनोबानो रहेन । त्यसबेला राजद्रोह र देशद्रोहको कथित आरोपमा मारिएकाहरूको आत्माले कहाँ पुनरावेदन गर्ने होला ? अस्ति भरखर शाही सेना र विद्रोही सेनाका बीचमा च्यापिएर मारिएका, बेपत्ता पारिएकाहरूका तर्फबाट हेर्दा दुवै खालेलाई किन हावादारी नभन्ने जब आआफ्ना कथित् महान् आदर्शको दुहाइ दिइएको न राजतन्त्र शाश्वत रहेछ न जनतन्त्र साँच्चो ! यस्तो खोक्रो सोचका आडमा रगतको खोलो बगाउँदै माछामाछा भ्यागुतामा टुङ्ग्याउने बुद्धिलाई आधागाग्रोभन्दा पनि कमै भनेर किन नठान्ने ? आज पनि त्यो आधागाग्रोका कारण हुनगएको गल्ती सुधारेर हानिनोक्सानिको हुनेसम्म पुर्तल गर्ने वातावरण बनाउने र त्यसमा मारिएका बेपत्ता पारिएकाहरुप्रति सान्त्वना, माफीमनौतीका दुईशब्द प्रकट गर्ने परिपक्वता देखाइँदैन । बरु त्यसलाई अल्लारे उटपट्याङ सपनाको झन् आकर्षक आधागाग्रे ढ्वाङ फुकेकै भरमा टारेकोटारेकै पार्ने नकच्च¥याइँ छोडिँदैन भने त्यसलाई कुन परिपक्वताको टीको लगाइदिन मिल्ला ? के त्यस्ता जानीअल्लारेलाई त्यस्तो टिकोको पुरस्कारले मात्र पुग्ला ?
मलाई यसबेला आफ्नै एउटा कविताका दुईवटा श्लोकको याद आइरहेको छ ः
झुक्किन्छन् विचरा चरा पनि बियाँ देखी नदेखी छल ।
सीताजी हरिइन् अचानक उही हो झुक्किनैको फल ।।
पाएँ वर्ग विरुद्ध सूत्र गतिलो ठानेर माक्र्स झुक्किए ।
जस्तो पापविहीन भो जग भनी श्रीकृष्णजी झुक्किए ।।
……..
‘मेरो सोच छ ठीक, छैन उसको, मैमात्र विश्वासिलो ।
नेता, विज्ञ र योग्य ईश्वर खुदै मैमात्र पत्यारिलो ।।
भन्ने दुर्दम मोहमा युगयुगौँ संहार मच्चाउँदै ।
बित्छन् मानिस झुक्किँदै फजुलमा ठानेर झुक्याउँदै’ ! ।। वैजयन्ती १७
हुनपनि यी महान् विचारक ठानिएका मान्छेको विचार र कामलाई अल्लारे, अधकल्चो, अद्र्धज्ञान, अपरिपक्वता आदि भन्दैन समाज वा भन्ने आँट गर्दैन । त्यसैले उनीहरू झुक्किए भन्नु नै बढी मर्यादित होला, होइन त ?
त्यसो भए आधागाग्रो पानी अर्थात् अद्र्धज्ञानको पनि वर्गीकरण हुनुपर्ला । क्षेत्रअनुसार जस्तो उमेरअनुसार, शिक्षाअनुसार, अनुभवअनुसार; गाग्रीको आधाचौथाइ, चौथाइ, डेढचौथाइ, आधा, अढाइ आदि अद्र्धज्ञानको मात्राअनुसार; सरोकार र दायित्वअनुसार आफ्नो व्यक्तिगत, परिवारका मूलीको, स्थानीय नेता–हाकिमको, राज्यको; विषयानुसार ज्ञान÷दर्शन÷सिद्धान्त, पेसा÷व्यवसाय, रीति–विधि–कानुन आदि प्रत्येक क्षेत्रअनुसार कति परिपक्व कति अद्र्ध भन्ने सवाल उठ्न सक्नेरहेछ । जस्तो प्लेटोले कविलाई नगरबाहिर राख्ने प्रस्ताव गरे । के यो परिपक्व सोच हो ? कविको अन्तर्दृष्टि, औदार्यता र कलालाई त समाजको हितमा प्रयोग पो गरिनुपर्छ, होइन र ? साथै समाजको एउटा तप्कालाई राष्ट्रिय गतिविधिबाट अलग्ग राख्ने यो सोच राष्ट्रिय हित तथा नागरिक अधिकार दुवै दृष्टिले गलत र अन्यायपूर्ण छैन ? आज पनि कतिपय तानासाहहरू कवि–लेखक–गीतकारहरुलाई जेल हाल्ने आधीगाग्रे बहुलट्ठी गर्न पछिपर्दैनन् । सायद यसको अपरिपक्वताकै प्रमाण होला उनको प्रस्ताव उनका ज्ञानको डंक उस्तै बजिरहेपनि आज पच्चीस सय वर्षसम्म भूगोलको कुनै ठाउँमा लागु हुनसकेको छैन ! एरिस्टोटलले स्त्रीजातिलाई अपूर्ण मान्छे भने । हुन पनि उनीहरूलाई अस्ति बीसौँ शताब्दीको आधाआधीसम्म पनि अरू त अरू मताधिकारयोग्यसम्म ठानिँदैनथ्यो ! महाकवि तुलसीदासले ढोल, गँवार, शुद्र र पशु सरह ताडनाधिकारी घोषित गरिदिए जब कि आज गँवार र शुद्रको त कुरै भएन पशुअधिकारको समेत ख्याल गरिन्छ । यसो भन्ने र गर्ने यी विद्वान् आधागाग्रीको कुन तहमा पर्लान् ? माक्र्सले सत्ता सर्वहाराका हातमा गएपछि गरिब र धनीको द्वन्द्व समाप्त हुने सपना देखेका थिए । उनको यही आह्वानको बहानामा उनका केही भक्तहरूले कथित क्रन्तिको यज्ञमा सर्वसाधारणको नरबलि गरेरै मानव इतिहासको एक शताब्दी बिताए । आज उनी बाँचेका भए के भन्थेहोला ?
छापामा केही बुद्धिजीवी अभैm छचल्किन्छन् यदाकदा इतिहास सम्झिएको ठानेर त्यसको परिणामचैँ बिर्सिएर चौरासी व्यन्जनपछिको डकारभैmँ पाटी खतम भयो, सिद्धान्तको पालना भएन, फलानो बिग्रियो, अब यसो गर्नुपर्छ त्यसो गर्नु हुँदैन आदिआदि भन्ने अरण्यरोदन गर्छन् ।
यही मौकामा कसैलाई हतार छ संसारका सातै अरब मान्छेका घाँटीमा क्रस झुन्डाइसक्ने र कसैलाई अद्र्धचन्द्र दिने !
यस कहिल्यै पूरा नहुने लहडबाजीका नाममा सम्पत्ति र रगतको खोलो बगाउने होडै चलेको छ र त्यस महान् लक्ष्यका व्यस्ततामा त्यसैमा च्यापिएर मरिरहेका र अधमरो भैरहेका लाखौँलाख सर्वसाधारणको चित्कार सुन्ने भने कसैलाई फुर्सद छैन न चासो ! त्यसका नाममा करोडौँकरोड भोकानाङ्गाको मुख मोसेर हतियार, दाउपेच र जासुसी संजाल, साधनउपकरण आदिका लागि अरबौँअरब खन्याउनु सबभन्दा ठुलो पुण्यकर्म भैरहेको छ । कसैको लास बिछ्याएर कसैको सुरक्षा हुने यो भ्रममा कतिन्जेल गिजोलिनु पर्ने होला मान्छेको पहिले नै थिलथिलो भैसकेको इतिहासले ? अचम्म छैन ? कहाँ पुगिन्छ यो बाटो हिँडेर ? कति अल्लारे होला यस्तो सोच ?
चेपचेपमा कतिचैँ पहिचान, जात, वाद, वर्ग, लिङ्ग, क्षेत्रका नाममा छालाको रङ्ग, नाकको आकार, पुर्खाको चलन, भाषाको ध्वनि, वस्त्रको किसिम, भूगोलको सीमा आदिआदि भनेर बुलुबुलुक छचल्किरहेका भेटिन्छन् । कतिपय भने अवसर छोपेर यही छचल्किँदो अद्र्धज्ञानारूढ अद्र्धचिन्तन र अद्र्धआदर्शको खण्डसपनालाई हम्केर डढेलो बनाउने र एकछाक मिठो खाइहाल्ने सपना बुनिरहेका हुन्छन् सापले समातेको भ्यागुताले सामुन्नेको पुतली तान्न बल गरेजस्तै ! फलत आखिर कथित सभ्य, शिक्षित र बुद्धिमान मान्छेको समाज पशुसरह प्रकृतिकै छनोटमा पुग्ने र थोरै सशक्तहरू निरोको मुरली बजाइरहने र धेरै अशक्तहरू स्पार्टकसको समूहझैँ दलिने, पेलिने, मासिने क्रम जारी छ । के यही हो त भरिगाग्राको पहिचान ? वास्तवमा यो चरम अल्लारेपनचैँ होइन र ?
यसको सबैभन्दा अचम्मलाग्दो पक्ष हो मान्छेको चैँ कसैलाई मतलब नहुनु । अर्थात् जात, वाद, धर्म, क्षेत्र आदि सबै चाहिएको छ, मान्छे होइन । मान्छे भोकभोकै सडिरहोस्, अभरमै मरिरहोस् मतलब छैन तर मेरो झन्डा फर्फराओस् ! के झन्डा फर्फाउँदैमा समस्या समाधान हुन्छ ? कि प्रारम्भ हुन्छ ? के अहिले पनि थोरै झन्डा छन् र आकाशमा ?
अचम्म लाग्छ— के मान्छेले कुनै पनि धर्म, वाद, जात शाश्वत र सर्वमान्य होइन तथा त्यसका नामको दुहाइ मात्र मान्छेका दुखको सर्वौषधि हुँदैन भन्ने थाहा पाउन अभैm बाँकी छ ?
हुन त यस आधिगाग्रे सोचलाई सारै आश्चर्य मान्नु पनि हुँदैन ब्रह्माण्डीय गतिको परिप्रेक्ष्यमा । हरारीले भनेझैँ मान्छेले लगभग १३ हजार वर्षअगि विकासको कृषियुग थालेदेखि त हो ईश्वर, भूतप्रेत, राजनीति, कला, साहित्यको मानवीय संस्कार सुरुगरेको (Sapiens—Yuval Noah Harari) अझ वैज्ञानिक क्रन्ति थालेको त पाँचसय वर्ष हुँदैछ । त्यसैले जति उक्कायो त्यति अर्को पत्र मात्र निस्किरहने सांसारिक रहस्यको अनन्तताबारे मानवीय ज्ञान र अनुभवले कति नै थाहा पाएको छ र ! तर जान्नुपर्ने कुरा असीमित हुने यथार्थ थाहा नपाउनु, थाहा पाउनतिर नलाग्नु उल्टो आपूmले जानेको नै अन्तिम सत्य ठान्ने अल्लारेपनबाट कति थिल्थिलिनुपर्ने होला ? सम्झिँदै कहाली लागेर आउँछ ।
तर कतिचैँ अकाट्य नै ज्ञात भैसकेको छ भने धरती कसैको बपौती होइन । कसैले हो भन्दै बार बारेर सीमा लाउँदैमा पनि हुँदैन । तर यति पनि थाहा पाउन अभैm बाँकी देखिन्छ केही सरकार जाति र समूहको ढिपी हेर्दा । गोर्खाहरू बेलायतमा गोरा सिपाहीसरह हैसियतको लागि लडिरहेका छन् । भारतमा बेग्लै राज्य घोषित गर भनेर वर्षौँदेखि संघर्षरत छन् । कालाहरू युरोप–अमेरिकाभरि समान प्रतिष्ठा खोजिरहेका छन् । तानासाही दमन र भोकमरीबाट आक्रान्त तेस्रो विश्वका मान्छे वैधानिक नभए कलछलबल पनि युरोप–अमेरिका छिर्न ज्यान माया मारेर कुदाकुद गरिरहेका छन् ।
हुनपनि मान्छे, जो आफ्नो रहर र निर्णयले जन्मेको हुँदैन, जन्मेपछि बाँच्नका निमित्त धरतीको बराबर हकदार हुन्छ भन्ने थाहा पाउन के कुनै विशेष शास्त्र पढिरहनुपर्छ ? कुनै मान्छे भोक, तिर्खा र रोगग्रस्त रहुन्जेल शान्त र संयमित हुँदैन भन्ने जान्न के कुनै विशेष विश्वविद्यालय चाहिन्छ ? Poverty anywhere is a threat (shame ?) to the prosperity everywhere भनेजस्तै एउटा मान्छेले अर्को मान्छेलाई कुनै पनि बहानामा ठगुन्जेल, सताउन्जेल दोस्रो मान्छे सकेसम्म चुप लागेर बस्तैन र त्यो झिल्को अवसरअवसरमा पुल्ठो, राँको र डढेलो भई बेहिसाब धनजनको संहार गरेर सभ्यतालाई वर्षौ पछि धकेल्ने यथार्थ बुझ्न कतिवटा महाभारत, विश्वयुद्ध र शीतयुद्ध चाहिने हो ?
विश्वको सम्पदा र स्रोत साधन विश्वकै मान्छेका निमित्त हो । त्यसको सुरक्षा, आर्जन, परिमार्जन र औचित्यपूर्वक निष्पक्ष वितरण हुनुपर्छ र सबै मान्छेको समान रूपले सुरक्षा, आवश्यकता र विकास हुनुपर्छ । मान्छेको जम्मा काम यति नै हो र यो काम मान्छेले नै गर्ने हो । यो भनेको व्यवस्थापन हो । के यो थाहा नभएको कुरा हो ? अमेरिकी स्वतन्त्रताका घोषणपत्रको वाक्य …all men are created equal, that they are endowed by their Creator with certain unalienable Rights, that among these are Life, Liberty and pursuit of Happiness … लागु नहुने कोही हुन्छ ? के जेल परेको अपराधीले समेत लाउनखान र प्रतिष्ठापूर्वक बाँच्न पाउनु पर्दैन ?
हो, त्यस्तो सर्वोत्कृष्ट व्यवस्थापन अर्थात् पाँचहजार वर्षअगि रामचन्द्रले परिकल्पना गरेको रामाराज्य कहिल्यै यथार्थ हुन नसकेको कुरा दिउँसोको घामजत्तिकै छर्लङ्ग छ । त्यसको कारण कुनै जात, धर्म, वाद आदि नभएर माथि भनिएजस्तै आधिगाग्रे सोच र त्यसका आडमा एकमुट्ठी सशक्त अगुवाहरूले समस्त समुदायैलाई दासवत् दलिरहने प्रपञ्च मात्रै हो भन्ने पनि कसैलाई थाहा छैन कि ?
खासमा मान्छेमा शाश्वत रूपले कमबेसी कामी, क्रोधी, लोभी, मोह(भ्रम, अन्धविश्वास)ग्रस्त, आहारा चाहिने, निद्रा चाहिने, भयग्रस्त, अपूर्ण, असन्तुष्ट वा प्रगतिशील, मरणशील (मृत्यु, रोगव्यधि तथा चोटपटकभागी) र आत्मकेन्द्री रहने समानता तथा पुख्र्यौली प्राप्ति, मानसिक वा आत्मिक क्षमता, बौद्धिकता, शारीरिक क्षमता, आर्थिक हैसियत, पारिवारिक–वातावरणीय यथार्थ, संयोग–कुयोग, आदत तथा व्यक्तिगत रुचि र दृष्टिकोण तथा सीप वा व्यावहारिक निपुणताका दृष्टिले सीमासीमासम्म असमानता विद्यमान् हुन्छ भन्ने पनि जगजाहेरै छ । यी समानता र असमानतालाई खेलाएर (म्यानिपुलेट गरेर) हातमा डाडुपन्यु लिन पुगेका थोरै कथित सशक्त बाठाहरूले बाँकी सिङ्गो मानव जातिलाई भ्रमित पारेर(कथित जात, धर्म, वाद, भाग्य, पूर्वजन्म आदिका बहानामा), आपसमा लडाएर, ठगेर र दबाएर उक्त धर्तीका साझा देनको उत्पादन–रक्षा–विकास गर्नचैँ लगाउने तर त्यसको समान उपभोगबाट चैँ सदा वञ्चित गराएर भोक–रोगदेखि प्रत्यक्ष बलात्कार, मारकाट, लुटद्वारा सदा दमित, दलित र दुखित राख्ने गरेको कुरा पनि जगजाहेरै छैन ? उल्टो उक्त स्रोत साधनको बढीभन्दा बढी एकलौटी उपभोग गर्ने भष्मासुरे स्वार्थको टकरावका कारण कथित ‘ठुला सशक्तहरू’ आपसमा युद्ध गरिरहने र त्यसमा आआफ्ना पक्षबाट तिनै सर्वसाधारणलाई सिपाही, मजदुर र सेवक बनाएर प्रयोग गर्ने र मराइरहने गरेको यथार्थ पनि कसैलाई थाहा छैन कि ? (Why Nations Fail– Daron Acemoglu and James A. Robinson).
यसमा बुझ्नै र अपनाउनैपर्ने कुरामध्ये एउटा हो कुनै पनि वाद, जात, धर्म, कानुन आदि शाश्वत होइनन् । यी मान्छेले मानिलिएका निराधार अल्लारे सोचमात्र हुन् । तब त यिनै मान्यताका आडमा इच्छानुसार तोडमरोड गरेर शक्ति हात पार्नसक्ने बाठाहरूले बाँकी सीधालाई छलेर, दलेर, पेलेर सकुन्जेल विलासको साधन बनाउन सकेका हुन् ।
कहिल्यै स्थिर नबस्न; मौसमी तथा पारिस्थितक कारणले कहिल्यै एकनास नरहने; भौगोलिक, वस्तुगत, वानस्पतिक, जैविक र मानिसका वैचारिक सोच र मान्छको जीवन बँचाइका शैलीहरूमा समेत अनवरत शोधन, प्रशोधन, पुनरप्रशोधन लगायत विभिन्न किसिमका अज्ञात काकताली, संयोग, वियोग भैरहने विविधतामा एकता धरतीको स्वभाव हो । त्यसैले जीवनक्रममा सधैँ सचेत, सान्दर्भिक र सर्वहिताय योजन, समायोजन र पुनर्समायोजन वा परिमार्जन चलिरहनुपर्दछ जुन तत्कालीन, अल्पकालीन, मध्यमकालीन, दीर्घकालीन आदि हुनसक्तछन् ।
कुनैपनि सङ्घर्ष कुनैपनि वाद, जात, धर्म, आदि अशाश्वत र अमूर्त कुराका निमित्त होइन तिनका आडमा धन–बल–बुद्धि आदि हुनेहरूले अवसर छोपेर मान्छेमाथि दासता लादेर एकलौटी गर्न खोज्ने मान्छेका विरुद्ध त्यसबाट पीडित मान्छेका निमित्त हुनुुपर्छ ।
मान्छे आधारभूत तौरमा जति सचेत, सदाचारी, भलादमी, दयालु, परिश्रमी, मिलनसार, असल आदि सद्गुणी हुन्छ उसैबेला त्यत्तिकै भ्रमग्रस्त, दुराचारी, त्रूmर, बदमास, स्वार्थी, अवसरवादी, अल्छी, ईष्र्यालु आदि दुर्गुणी पनि हुन्छ । कहाँ, कहिले उच्च सदाचारी र कहाँ, कहिले चरम दुराचारी हुन्छ भन्ने कहिल्यै निश्चित हुँदैन ।
यसको एकमात्र समाधान कुशलतम व्यवस्थापन र कुनै पनि कारणले कुनै पनि स्तरको विचलन गर्र्नेलाई नियमित, निरन्तर र निरपेक्ष अनिवार्य दण्ड र हित गर्नेलाई पुरस्कार नै हो ।
यसको व्यवस्थापनका निमित्त उच्चकोटीको व्यवस्थापकमण्डलको निर्वाचन हुनुपर्छ जसले उच्चतम कुशलतापूर्वक जात, वाद, धर्म, लिङ्ग, क्षेत्र, वर्ग, योग्यता, आवश्यकता आदि भिन्नतानुसार ‘सर्वे भवन्तु सुखिन …’का आधारमा सबै मान्छेले उपयुक्त काम गर्न पाउने र उपयुक्त सुविधा पाउने र स्वतन्त्रतापूर्वक रहन पाउने व्यवस्था मिलाउने छ । कसैले पनि न नाजायज फाइदा दिन÷लिन खोज्नेछ न गल्ती भएको स्वीकार नगरेर त्यसबाट उम्किन प्रायस गर्नेछ न ऊमाथि अनुचित सजाय वा पुरस्कार हुनेछ, न कुनै जालझेल दबाबमा परेर गलत गर्ने छ वा सही नगर्नेछ ।
आजको मान्छे जात, धर्म आदि किसिमले जो होस् निश्चिन्त, निर्भय कराँसो जोडेर उही टोलमा बसेको हुन्छ, केटाकटी उही स्कुलमा पढ्छन्, उही बाटो हिँड्छन्, उही बजारमा कमाउँछन् र खर्च गछनर््, उही अस्पतालमा उपचार गर्छन्, त्यहीँ आआफ्नो चाडपर्व मनाउँछन्, मिल्नेमा आफ्नो नमिल्नेमा साझा भाषा बोल्छन्, राजीखुसीले मन मिल्नेसँग मायापिर्ती लाउँछन्, बसेको देशलाई आफ्नो भन्छन्, त्यसको कानुन पालन गर्छन् । आफ्नो अधिकार र कर्तव्यको सीमा जान्दछन् र जुन कुरा आपूmलाई हुँदैन त्यो अरूलाई पनि हुँदैन भन्ने जान्दछन् र मान्दछन् । गल्ती भए माफी माग्छन्, हानिनोक्सानि भए भरपाइ गर्छन् । कसैले यसमा बर्खिलाप गरे, जोसुकै होस्, कानुनले समात्छ ।
यो कुरा चरम दण्डहीनताले आक्रान्त हाम्रो जस्तो परिप्रेक्ष्यमा कोरा आदर्श लाग्नसक्छ तर त्यस्तै मानिरहेका अफ्रिकाको बोत्स्वाना, बेलायत, पश्चिम युरोपका मुलुक, क्यानडा, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया आदिमा प्रत्यक्ष सम्भव भएको छ ।
यसको एउटै शर्त छ यो माथि वर्णित कथित सशक्त वर्गले नै गर्नुपर्छ वा तिनलाई नगरी नहुने पार्न सक्नुपर्छ ।
साँच्चै तिनका लागि पनि सदासर्वदा सर्वसाधारणको रोदनक्रन्दन र सत्तोसरापका विरुद्ध कानमा रुवा खाँदेर सदासर्वदा दाउवेचका अन्त्यीन तिकडमजन्य जोडघटाउ गर्दै रगतले लफ्फै भिजेको सिरानीमा बन्दुक राखेर झुकझुक हुँदै सुत्नु जाती कि यी मुलुकमा जस्तै शान्तिपूर्ण स्वचालित व्यवस्था अपनाएर स्वान्तसुखाय बाँच्नु जाती ? अस्तु ।
***
prakashmanidahal@gmail.com
लेखकको सम्वन्धमा