December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

कृषि र युवा

सेतो हिउँको फरिया लगाएर आएकी तिमी
धानक सुनौला बालामा मुस्कुराएकी तिमी  
तिमीले मानव जीवनमा लाएको ठुलो गुन
कोमल हावामा लुकेको तिम्रो मुस्कान  
अमृतजस्तो पानीमा
प्रदूषणको कालो पानी मिसिँदा पनि
अफ्नो किनारा नछोडेर हिँड्ने तिमी
धुलो र गन्धमा पनि अफ्नो रफ्तार न छोडने तिमी
खाली थालमा भरिने तिम्रो परिकार
कृषिको कारण पाएको छन् धेरैले रोजगार
हामी युवा बिदेसिन्नौँ अब
जीवन चलाउन हैन
जीवन उठाउन कृषि गरौं
मकै र फापरको रोटीमा रमाऔँ
खेतको माटोमा जीवनक रेखा कोरौं  
खाली जमिनमा हौसलाको खेती गरौं
नदी र नालाको जलबाट कृषि र कृषकको भविष्य सिँचाइ गरौं
सुरु म नै गर्छु
मेरो पर्यावरणको हेरविचारको सुरुवात म आफै गर्छु  
मेरा प्रिय युवा साथीहरू !
हैँसेमा होस्टे गर्दै आऊ
कृषिलाई समृद्धिको आधार बनाऔँ
आतावरणलाई सफा राखौँ
भविष्यको नासो बनाऔँ ।।