एउटा ठिङ्ग उभिएको सभ्यता
जीवित अस्थिपञ्जरहरु
कल्याङकुलुङ आवाज
कतै बिरासतको आसमा
हिँडिरहेछ निर्जीवनबिच
एउटा सहर।
सहजताको आशक्ति
भौतिकताको भोक
सजीवताबिचको निर्जनता
शून्यताको बेचैनी साथ
औषधिमुलोको खोजीमा
भौतारिरहेको छ
एउटा सहर।
सपनाको थुन्सेमा गुम्सिएका रहरका आँधी
हिमाली इच्छा र फिलुङ्गे इच्छाका बिच
स्वपनिल डडेलो लालशा
निरोको बासुरीमा
गीत गाउँदै छ
एउटा सहर।
सपनाको सोपान
बिछिप्त यात्रा
बिरासतको खोजी
सरिता लहरको लहड
ठोक्किएर चट्टानी मरुभूमि
टक्क अडिएको छ
एउटा सहर।
उत्तरी चिसा कहर
दक्षिणी आशक्ति बहर
हराएर कुहिरीमण्डलको काग
चितामा ठिङ्ग उभिएर कोरना मसान
दागबत्ती खोज्दै छ
एउटा सहर।
लेखकको सम्वन्धमा