गुलाफको मीठो रसको गाग्रो पिउँदै
समीरको कोमलताको आवास गर्दै
आकाशलाई अफ्नो सागर बनाउँदै
सुर्यको किरण सँग रमाउँदै
म मेरो यात्रा सुरु गर्दै
शान्तिको मूल मन्त्र लिँदै
कहिले पूर्व त कहिले पश्चिम गर्दै
शान्तिको सेतो रङको साथ लिँदै
अन्धकारको बादलसँग खेल्दै
म मेरो यात्रा सुरु गर्दै
मेरो कर्तव्य रोकिएको शान्तिको रथलाई
फेरि चलाउनु हो
हराएको अवाजलाई शब्द दिनु हो
बन्दुकलाई हराउँदै कलमलाई जिताउनु हो
विभिन्न सोचाइलाई एकीकरण गरी
अखण्ड समाजको विकास गर्नु हो
मेरो लक्ष्य शान्तिलाई फैलाउनु हो
न होला म सँग धेरै रफ्तार
अनि फेरि पुग्नु पर्ने गन्तव्य नि धेरै टाढा होला
तर मलाई शान्तिलाई सगरमाथा जस्तै माथि पुर्याउनु छ
मलाई शान्तिको खेती गरी विकासको फल फलाउनु छ
मलाई मेरो यात्रा सुरु गर्नु छ
म परेवा शान्तिको सङ्कल्प लिँदै
म परेवा समाजमा परिवर्तन ल्याउने प्रयास लाग्दै ।
लेखकको सम्वन्धमा