January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

गजल

मानी मानी झर्को किन लाउँछौ माया
छानी छानी अर्को किन लाउँछौ माया  ।
 
कहिले तितो कहिले मिठो सम्बन्धमा
जानी जानी चर्को किन लाउछौ माया  ।
 
मुटुमा अटाउन सजिलो छैन बुझ
फेरि फेरि सर्को किन लाउँछौ माया  ।
 
कुनै सिमाले छेक्दैन पिरती
तानी तानी धर्को किन लाउँछौ माया ।