January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

आजको समाज

मानवतालाई पैसाको मोहले पासो हालेको छ यहाँ
इज्जतको प्रतीक खल्तीको तौल भएको छ यहाँ ।
 
नेताको दुखाइ अमेरिकासम्म पुग्छ यहाँ
 शिशु कुपोषण भएर जन्म लिन्छन् यहाँ ।
 
ढुङ्गाको  भगवान् पुज्ने पुजारी छन् यहाँ  
मानिसलाई बोक्सी भन्ने माहा पुरुष छन् यहाँ  ।
 
कर्मले काँध भारी हुनेको पेट  खाली छ यहाँ
छोटो बाटो हिँड्नेको ठुलो महल छ  यहाँ  ।
 
शिक्षा हैन पैसाको आदार भएको छ यहाँ
पैसाले जननी, जन्मभूमि बेचिएका छन् यहाँ ।
 
 
कोही पबजी  र  फेसबुकमा हराउँदै छन् यहाँ  
कोही दारु र अरू खै के केमा रमाउँदै छन् यहाँ ।
 
सन्तानलाई हुक्का खुवाई आधुनिक भनाउँदै छन् यहाँ
युवा काम र शिक्षा  नपाएर विदेश जाँदै छन् यहाँ  ।
 
 
यस्तो अवस्था देखेर म त भावविह्ल भएको छु यहाँ
रीति, थिति र संस्कार खै कसरी चल्दै छन् यहाँ ।