April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

मनोहरका प्रधानअध्यापक भट्टराईलाई पितृशोक

काठमाडौं– टोखा–१०, गोंगबुस्थित मनोहर माध्यमिक विद्यालयका प्रधानअध्यापक माधवप्रसाद भट्टराईलाई पितृशोक परेको छ ।
उनका पिता ८१ वर्षीय मित्रप्रसाद भट्टराईको शनिबार राति साढे १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १९९६ सालमा खोटाङको डुम्रे धारापानी गाविस वडा नं. ६ मा जन्मेका भट्टराईको कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ९ स्थित आफ्नै निवासमा निधन भएको हो ।
भट्टराई लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए ।