आमा

केही गर्नका लागि त धेरै बाटाहरू छन्
तर जन्म लिनका लागि एउटा मात्र
बाटो छ
त्यो हो– आमा ।
 
दुईटा अक्षरमा समेटिए पनि
कति विसाल छिन् आमा
सन्तानका निम्ति मरिमेट्छिन्
अनेक घात प्रतिघात खपी बस्छिन्  
कति सहनशील छिन् आमा ।
हिमालसरि गहन र
पवित्र छिन् आमा ।
 
मेरा मानसपटलमा
कहिल्यै नअस्ताउने घाम बनी
चिर ज्योतिसमान छिन् आमा ।
 
जति ढुङ्गा, उति देउता
राजा आउँदैन, देउता बोल्दैन 
आमा नै देवी, आमा नै तीर्थ
निद्राको लास आमाको काख
तिमीलाई कोटी कोटी प्रणाम छ
आमा ।