म त मायाको रोगी भएँ
म त मायाको रोगी भएँ
म त मायामा जोगी भएँ
मन मुटु दुवै बेचियो
तन पनि सँगै लुटियो
के बाँकी रह्यो र ममा ?
फगत एक्लो भएँ अब म
मन किन्नेले माया दिएन
तन छिन्नेले छायाँ दिएन
तिमीबाहेक सबैथोक बिर्से मैले
घर परिवार अनि आफन्त
बा– आमा दाजु भाइ
अनि बिर्सिएँ आफैंले आफैंलाई
आकाशमा जुनबाहेक केही देखिनँ
यी आँखामा तिमीबाहेक केही देखिनँ
कति पटक लडें म हिंड्दाहिंड्दै जिन्दगीमा
लडे पनि उठ्ताखेरि तिमीलाई नै देख्छु म
किताब खोल्छु अक्षर बोल्छन् तिम्रै आवाज बनेर
किताबका तस्बिर हाँस्छन् तिमै मुहार बनेर
न त भोक छ न प्यास छ
दिनरात एकनास अत्यास छ
घरी मुटुमा बसेर छाती दुखाउँछ
घरी यादमा बसेर आँखा रसाउँछ
सपनीमा उही छ बिपनीमा उही छ
एउटै तस्बिर झलझली आँखामा कोही छ
मलाई मतलब छैन अरूको
न त विश्वास छ हरकोहीको
यो पागलपन हो कि नशा हो
भाग्य हो कि दशा हो
खै के छ त्यस्तो उसमा, छैन जो अरूमा
जोखेर माया जोखिन्न तराजुमा कसरी जोखूँ म ?
लेखकको सम्वन्धमा