किसानको पीडा
बाँझो माटो खपखप खनें उब्जन्छ बाली भनी
आली बाँधें थपथप गरा जम्ने छ पानी भनी
धानै रोपें छुपुछुपु हिलो पारेर खेतैभरी
गोडें मेलें मलजल गरें सप्रन्छ मख्खै परी /१/
रोपो हुर्क्यो लहलह भयो आनन्दमा मस्किएँ
बाली पाके पिर दुर हुने आशा गरी गम्किएँ
आम्दानीमा अनधिक भए गर्जो सबै टर्दथ्यो
मेरो जस्तो अरहर पुगे भोको कहाँ पर्दथ्यो /२/
मान्छे सारा पुलकित हुने रोपो त मेरै थियो
बाला लाग्ने कुसुम पुतली सारेरनै डुल्दथ्यो
हाँसो फुल्ने प्रकृतिज छटा यो खेतमा जो थियो
फौजी भन्ने सलह दलले बाली सखापै भयो /३/
मेरा स्वप्ना विघटन गर्यो फौजी भयो दुर्मुख
बच्चा पाल्ने सकस घरको टारौँ कसोरी अब
त्यत्रो मेरो श्रम र पसिना खोज्ने कहाँ कोसँग
पुर्ता मागौँ भन न कसरी पुत्लो कि मान्छेसँग /४/
हाम्रो पीडा वह बुझिदिने होलार को राष्ट्रमा
मर्का होला कृषक सबमा को बुझ्छ यो देशमा
हाम्रो उत्पादन भर परी चल्दैछ याँ जीवन
हाम्रै बाली विगलित हुदाँ वास्ता नगर्ने किन ? /५/
लेखकको सम्वन्धमा