दुःखी म
जननीको काखमा रम्ने चाह हुँदा हुँदै
हिँडेको छु परदेश म त परिवार रुवाउँदै
नरोऊ आमा सुख खोज्न पर्देसियो छोरो
पैसा कमाई पठाइ दिन्छु नभन्नु है मोरो ।
घरको छानो चुहिने छ सकिनँ नि हेर्न
लागेँ म त परदेश अब त्यै छानोलाई फेर्न
तिम्ले लाउने फरिया र पटुकी नि फाटे
लिलाम भई जग्गा जमिन साहुले लिन आँटे ।
पुगेको छु विदेश आमा नरुनु है सम्झी
दुःख सुख जिउँदै गर्नु छोरालाई सम्झी
देख्छु सधैँ सपना म आमा खुसी भाको
झुपडीमा होइन सरी महलमा गाको ।
विरानो छ पर्देश यहाँ आफ्नो कोही छैन
साथीभाइ भए पनि मर्म बुझ्ने होइन
सोध्ने गर्छ्यौ, ‘बाबु ! तिम्लाई कस्तो छ है भनी
भक्कानिँदै भन्ने गर्छु ‘एकदम ठिक छ’ ममी ।
सपना नि अधुरै भो कोरोनाले गर्दा
तलब पनि नआउँने भो अब महिना मर्दा
अनायासै बाआमाको मोह खोज्न पुग्छु
उता फेरि च्वास्स बिझ्ने साहुको ऋण सोच्छु ।
सँगै बस्ने साथी यहाँ कोरोनाले लग्यो
तिम्लाई सम्झी रातभरि मन मेरो रोयो
फर्कूँ भने अझसम्म चल्या छैन प्लेन
कस्तो आयो समय नि प्रकृतिको देन ।
लेखकको सम्वन्धमा