रूपरेखाले चिटिक्क तथा हिसी परेकी हुँदाहुँदै पनि, मेलाम्चीको मायालु मधुर स्पर्शको पर्खाइमा बितेको यौवन र राम्रो ब्युटिसियनको अभावमा, ‘वायु प्रदूषण’को कालिमायुक्त पाउडर घसी, कालाम्य हुँदै, आँखामा लिपिस्टिक र ओठमा गाजल लगाएर, मन्द मुस्कानसहित, लजाउँदै सुन्दरी प्रतियोगितामा उपस्थित, हाम्री स्वप्नसुन्दरी !
विराटनगर
एक मर्दो ख्याउटे, उत्तर शिरान राखी तनक्क तन्किएको । निख्रिएछन् सारा चुलवुलेपन, ढिलो, शिथिल, क्लान्त, शान्त, काल कुरेर बसेको अपाङ्ग, ‘विराट’ हराएर, ‘नगर’ मात्र बाँकी । कोही छ च्यवनप्रास खुवाउने, या घाटेवैद्यकै जिम्मा लाउने ? लुछ्ने लगाएका सम्पूर्ण लुगासमेत, अनि उफ्रिने मरेका मुसाका उपियाँझैँ ?
बेँसीसहर
कामभन्दा कुरा बेसी, अन्य जागिरेभन्दा लाहुरे बेसी, वास्तविकताभन्दा फुर्ती बेसी, तराईभन्दा गर्मी बेसी, तृप्तिभन्दा प्यास बेसी, विपनाभन्दा सपना बेसी, यस्तो बेसी नै बेसीको सहर बेँसीसहर ।
लेखकको सम्वन्धमा