October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार

पढौँ र लेखौँ

आज म साना कलिला
हातले केही लेख्दै छु
बालकमा हुने गरेको
शोषण मेट्न खोज्दै छु ।
 
आऊ न साथी यो हात
समाई, देऊ त्यो साथ
बाँचौँ र बचाऔँ भनेर
लेखौँ न केही पढेर ।
 
सबैले बुझुन् बालकै
कर्णाधार हुन् देशकै
लेखेर कथा, कविता
देखाऔँ है रमिता ।