गजल

जिन्दगी मेरो निराधारजस्तै
समयले गरेको बहिस्कारजस्तै ।। ..
नाटक रहेछ दुईचार दि नको
कहाँ छ र प्यार प्यारजस्तै ।।
छुराभन्दा बढी हुन्छ धारिलो
फूलको प्रहार तरबारजस्तै ।।
बितेपछि समय सम्झेर आयौ
कछुवा गतिको सरकारजस्तै ।।
मान्छेको आचरण बुझेर बुझिन्न
सबै नै लाग्छन् गद्दारजस्तै ।। ..
तिमी नहुँदा मेरा संसारमा
जितहरू लाग्छन् हारजस्तै ।। ..
सबैलाई सम्झँदा आपत्का बेला
कोही पनि लागेनन् यारजस्तै ।
लेखकको सम्वन्धमा