June 12, 2026, Friday
२०८३ जेष्ठ २९, शुक्रबार

बाढीमा परी २ को मृत्यु; एक इन्जिनियरसहित २१ बेपत्ता

सिन्धुपाल्चोक, असार २५ (झरना सञ्चार)
गए राति १२ बजेदेखि अविरल परेको वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा भीषण बाढी पहिरो गएको छ । बाढीमा परी दुई जनाको ज्यान गएको छ भने एक इन्जिनियरसहित २१ जना हराइरहेका छन् । राष्ट्रिय पुनर्निमाण प्रधिकरणअन्तर्गत आकस्मिक आवाश पुनर्निमाण आयोजना सिन्धुपाल्चोकमा कार्यरत ई. आकाश के.सी. बाह्रबिसे जम्बु बजारस्थित ठाडो सिँगर्चे खोलामा आएको बाढीसँगै गएको पहिरोमा परी सम्पर्कविहीन भएको कुरा सोही आयोजनामा कार्यरत ई. छविलाल अधिकारीले जानकारी दिएका छन् ।
दाङ् घर भएका इन्जिनियर विगत ६ महिनादेखि बाह्रबिसे नगरपालिका वडा नं. १ र ८ मा पुनर्निमाणको काममा खटिएका थिए । यसैबिच खोज तथा उद्धारका निम्ति सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन् । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा करिब ३ घण्टा कुरेर पुनः सभामुखसहितकोटोली जम्बु पुगेको हो । जम्बुमा रहेका चार जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।