आमा-छोरा
आमा ! तिम्रो सन्तान हुँ म
काखमा खेलाएको प्यारो छोरो हुँ
सक्दिनँ म भुल्न
मलाई हुर्काउँदा तिमीले सहेका पीडाहरू
भो, दःख नमान आमा
चुकाउने छु म दुधको उपकार ।
आमा ! देवी हौ तिमी, सधैँ पूजा गरिरहन्छु म
गर्दिनँ कहिल्यै पनि तिम्रो मन दुखाउने काम
तिमीले देखाएकै बाटामा अघि सार्छु पाइलाहरू
बिर्सेने छैन कसैगरी तिमीले सम्झाएका यादहरू ।
आमा यो जीवन तिम्रै हो, उपकारमा लगाउछु
तिम्रो ममताको छायामा संसार बाँधिराख्छु
बन्ने छु कर्मशील, सहनशील सबैलाई साथ दिँदै जन्छु
आमा ! हुँ म तिम्रै सन्तान यही पहिचानले अरूलाई चिनाउँछु ।
आमा ! तिमीलेजस्तै आफ्नो खुसी त्यागी संसार खुसी राख्छु
आफ्ना पसिनाको दीप जलाई संसार उज्यालो रख्छु
आमा ! हुँ म तिम्रै सन्तान बिर्सेने छैन, तिमीले सिकाएका पाठहरू ।
लेखकको सम्वन्धमा