गजल
अनजानमै यथार्थ झल्किन सक्छ
गजलले कसैको मुटु दबिन सक्छ ।
धनी हुँ, सम्पन्न हुँ भनाउँदाहरूलाई
कलम धोकेवाज ठहरिन सक्छ ।
अहङ्कारको भुमरीमा रमाउनेहरू !
तिम्रै दाँतले जिब्रो थिचिदिन सक्छ ।
सीमातीत ऐश्वर्यको तुजुक हुनेहरूहो !
तिम्रै जमिन पहिरोमा बगिन सक्छ ।
अरूकै बिजुलीमा चम्कनेहरूलाई
पासोकै परेवाले जिस्क्याइदिन सक्छ ।
दुई चार दिनको रमझमको शिखर
धरहराझैँ गर्लम्म ढलिदिन सक्छ ।
लेखकको सम्वन्धमा