पैसाको दुनियाँ

हो,एक कागजी टुक्रा तर माग छ यसको गल्ली गल्लीमा
ठानिन्छ– मुर्दालाई समेत उठाउँछ पैसाले नै चिता जलाएमा
अफ्नो अधीनमा राखेर यसले राज गर्छ पूरै दुनियाँमा
तर रिसाउँछ यो भ्रष्टाचार हुँदा निउरिदिन्छ हरेक कार्यालयमा
यसको आफ्नो कोही छैन त्यसैले बस्छ एक्लै बैंकमा
दमकल बनेर उभिन्छ यो आगो लाग्न दिँदैन घरमा
चिन्दैन यसले कसैलाई पनि बाँच्छ आफ्नै हुकुममा
त्यसैले चिप्ले किराहरू नि बस्छन् उसैको सेवा गर्न गुँडमा
आफ्नो मूल्य आफैँ तोक्छ यसले ठाउँ चिनेर देशमा
मान्छेसमेत किन–बेच गराउँछ यसको फाइदा उठाएमा
रङ पनि सजिलै फेर्छ यदि मूल्य बढाएमा
च्यातिन्छ यो आफैँ पनि यसलाई धेरै चलाएमा
नातागोता चिन्दैन यसले ‘मै ठुलो’ भन्छ संसारमा
घरसमेत टुक्य्राउँछ यदि लागे चिप्ले किराहरूको गफमा ।
लेखकको सम्वन्धमा