December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

गजल

सजल भट्टराई

रिस अति बढी अनि विवेक कम भेटियो
 सरकार र विद्रोहीका हातमा बम भेटियो  ।
 
ध्वस्त पार्दै यातायातका साधन चारैतिर
खुसी उल्लासमा बियर्, तास र रम भेटियो ।
 
जुँगाको लडाइँमा टाउका टाउका जुद्धाखेरी
द्वन्द्व रह्यो कुना कुना शान्ति खत्तम भेटियो ।
 
कोही गर्छन् भ्रष्टाचार त कोही ध्वंस गर्छन्
इमान्दारी कामभन्दा लुटपाटमा दम भेटियो ।
 
ध्वस्त गर्न सजिलो छ निर्माण गर्नै दिन्नन्  
जो चोर उसैको ठुलो स्वर भन्ने चरम भेटियो  ।