गजल
जिन्दगी आदि भयो, मध्ये भयो, अनि सकियो
मेरो आफ्नै सास आज मलाई नभनी सकियो ।
ऊ मकैको खोया हुनुपर्थ्यो, बिस्तारै धेरैबेर बल्थ्यो
विडम्बना आगो भैदियो, शरीर जल्यो, दनदनी सकियो ।
शत्रु भनी विश्वास गरेँ, आफन्तले झैँ घात गर्यो
जानुस् मुक्ति दिएँ आजबाट, हाम्रो दुस्मनी सकियो ।
बाबाले एक एक गरी जम्मा गरेको ढुकुटी
बाजी थापेँ, रम्मी खेलेँ सम्पत्ति खनखनी सकियो ।
तिम्रै लागि आमाको मुटु झिकी ल्याएकै हुँ
आमा पनि सक्किइन् मेरो पनि निशानी सकियो ।
ऊ दरबार जत्रो हाम्रो घर भएको देख्छ
‘उठ छोरा, बिहान भयो’ अब सपनी सकियो ।
लेखकको सम्वन्धमा