May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

आमा

ऋचा अधिकारी

सबै प्राणीलाई जन्म दिन सक्छिन् आमा
सन्तानका सपना साकार पार्न सक्छिन् आमा
हरेक दुःखमा हात थामिदिन सक्छिन् आमा
हरेक सुखमा साथ दिन सक्छिन् आमा ।

सानो छँदा आमाले गाली गरेको जस्तो लाग्न सक्छ
ठुलो भएपछि त्यही शब्द आकाश छुने अर्ती हुन्छ
सायद मैले पनि तिम्रो मया बुझ्न सकिनँ आमा
अन्जानमा कुनै भुल भए माफी देऊ है आमा ।