April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सिन्धुपाल्चोक र नुवाकोटमा इन्जिनियर्स एसोसिएसनद्वारा स्वाब सङ्कलन बुथ हस्तान्तरण

नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती कार्यकारिणी समिती र सिन्धु इन्जिनियर्स समाज नेपालको सहकार्यमा मिति  २०७७ बैशाख ८ गते बिरामीहरुको स्वाब परीक्षणका लागि  स्वाब सङ्कलन बुथ चौतारा अस्पातलमा हस्तान्तरण ।

नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश कार्यकारिणी  समितिका कोसाध्यक्ष  ई‍. राजन थापाको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा बाग्मती प्रदेश कार्यकारिणी  समितिका कोषाध्यक्ष  ई. राजन थापा र  सिन्धु इन्जिनियर्स सोसाइटी सिन्धुपाल्चोकका अध्यक्ष ई सन्जय सापकोटाले बुथ  संयुक्त रुपमा हस्तान्तरन गर्नुभयो ।  स्वाब सङ्कलन बुथक साथै यस कार्यक्रममा थर्मल गन्, पी. पी. ई. सेट र मास्कहरु पनि वितरण गरियो । उक्त्त  बुथको निर्माण रोबोटिक्स एसोसिएसन नेपालका प्राविधिकहरूबाट गरिएको कुरा सिन्धु इन्जिनियर्स सोसाइटीका महासचिब ई. बिदुर कडेलले जानकारी दिनुभयो ।सिन्धुपाल्चोकको मेलम्ची र बाह्रबिसे स्थित  क्षेत्रीय अस्पतालका लागि पनि बुथ निर्माणको चरणमा रहेको र एक हप्ताभित्र वितरण गरिसक्ने जानकारी बाग्मती प्रदेश समितिका कोषाध्यक्ष  ई. राजन थापाले दिनुभएको छ । नेपाल इन्जिनिएर्स एसोसिएसनले बाग्मती प्रदेशका १३ ओटा जिल्लामा गठन गरिने १६ ओटा स्थानीय केन्द्रमा रहेका अस्पताल वा स्वास्थ्य चौकीमा १६ ओटा बुथ वा स्यनिटाइजिङ्ग टनेल  वितरण गर्ने लक्ष्य लिएको छ ।बुथ निर्माणका लागि सिन्धु इन्जिनिएर्स सोसाइटीमार्फत ४० भन्दा बढी इन्जिनियरहरु र नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत ७७ भन्द बढी इन्जिनियरहरुले आर्थिक रुपमा सहयोग गर्नुभएको  प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन  (पिन)  केन्द्रीय सदस्य ई. बासुदेब नेपालले जानकारी दिनुभयो ।

कार्यक्रममा  चौतारा अस्पताल सहयोग समितिका अध्यक्ष, नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्य कार्यालयका प्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का अध्यक्षलगायत स्थानीय इन्जिनियर तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

नुवाकोटमा स्वाब सङ्कलन बुथ हस्तानतरण

नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश कार्याकारिणी समितीद्वारा मिति २०७७ बैशाख ९ गते नुवाकोटमा रहेको त्रिशुली अस्पताललाई सुरक्षित तरिकाले स्वाबको नमुना सङ्कलन गर्ने प्रयोजनार्थ Swab Collection Booth बागमती प्रदेशका माननीय सदस्य एव्‌म ने.क.पा नुवाकोटका अध्यक्ष हीरानाथ खतिवडा,प्रोग्रेसिभ इञ्जिनियरिङ्ग एसोसिएसन पिनका केन्द्रिय सदस्य ई.अनिल नेपालको उपस्थितिमा हस्तान्तरण गरिएको छ। उक्त्त कार्यक्रमका पिनका केन्द्रिय सदस्य ई.अनिल नेपालले अग्रमोर्चामा बसि यस महामारीसँग लडिरहनु भएका स्वास्थकर्मीहरुको हौसला बढाउन साथै यो समयमा सबैले आफ्नो आफ्नो सीप र क्षमताले भ्याए सम्मको सहयोग गर्नु पर्ने बताउनु भयो । जसरी भुकम्प जादा इन्जिनियरहरु अग्रमोर्चामा रहि पुनर्निर्माणमा खट्नु भयो अहिले स्वास्थकर्मीको पालो आएको छ ।जुन सुकै देशमा पनि बिपद परेको बेला प्राविधिकहरु नै अग्रमोर्चामा लड्नु पर्ने हुन्छ इन्जिनियर नेपालले थप्नु भयो। कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन बाग्मती प्रदेश कार्यकारिणी समिती सदस्य ई.सागर न्यौपानेले अभियानमा सहभागी हुनु भएका सम्पूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोगको लागि सम्पूर्णमा अपिल गर्नु भएको छ ।