मेरो पुस्ता र कोरोना भाइरस युद्ध
मानव अस्तित्व नै संकटमा छ
आज विश्व नै किम कर्तव्य विमूढ भएकोछ
प्रकृति नै खनिए पछि कसैको केही नचल्ने
विश्व लकडाउनमा सीतयुद्ध लडिरहेछ
कोभिड-१९ सँग ।
हज्जारौंको मृत्यु र लाखौं सङक्रमित भइरहेछन्
बाँच्न नै धौ धौ भएको छ
चीनलाई उद्गम थलो बनाई घुमिरहेछ विश्वभर
त्रसित छ मेरो पुस्ता कोरोनाको प्रकोपले
हतियारबन्द युद्ध जितेका शक्ति राष्ट्रहरू
धमाधम आत्मसमर्पण गरिरहेछन्
कोरोनासँग र भाइरसको प्रकोपसँग ।
तर संयमता र धैर्यता नै
यसको अचुक औषधि हो
नियम निर्देशन र अनुशासन
खानपन र सरसफाइमा ध्यान दिए
कुनै पनि औषधिको खाँचो पर्दैन
मेरो पुस्ता नै नजोगिए भावी पुस्ता पनि
नजोगिने निश्चित देखिन्छ त्यसैले
सबैजना बाँच्नलाई होसियार बनौं ।
लेखकको सम्वन्धमा