मान्छे, भैँसी र मुरी चामलको भात
लकडाउनका बेलामा मैले केही कथाका पुस्तक पढेँ । तीमध्ये एउटा पुस्तक मान्छे, भैँसी र मुरी चामलको भात हो । यो पुस्तक रमेश विकलले लेख्नुभएको हो । उहाँले अरू पनि थुप्रै पुस्तक लेख्नुभएको छ । जस्तै: हिउँदे छुट्टी, मलाई पुस्तक मनपर्छ, हजुरआमाको कथा, एउटा कथा भन्नु न हजुरआमा आदि ।
मान्छे, भैँसी र मुरी चामलको भात एउटै मात्र कथा भएको पुस्तक हो । यो एउटा चित्रकथा हो । यसमा जम्मा चौध पृष्ठ छन् । प्रत्येक पृष्ठमा धेरै चित्र र थोरै कथाका अक्षरहरू छन् । अक्षरभन्दा चित्र धेरै भएकाले मलाई कथा हेर्न र पढ्न रमाइलो लाग्यो । यो महाभारतबाट पुनर्कथन गरिएको कथा रहेछ । यस कथालाई युटुबमा हेर्न पनि पाइन्छ तर त्यो हिन्दी भाषामा छ । त्यहाँ यस कथाको नाम बकासुरका बध राखिएको रहेछ । यी दुई कथामा केही भिन्नता पनि पाइन्छ ।
यस कथामा कुन्ती, व्यासजी, भीम, ब्राह्मण, पाण्डव, अर्जुन, राजा, प्रजा, बुबा, आमा, छोरा, छोरी, असुर जस्ता पात्रहरू छन् ।
कथाको सारांश
पाण्डवहरू जङ्गलमा थिए । उनीहरू ब्रह्मणको भेषमा थिए । उनीहरू बासको खोजीमा थिए । व्यासले भनेअनुसार उनीहरू एकचक्र सहरमा पुगे । त्यहाँ उनीहरूले एउटा ब्राह्मणको घरमा बास पाए । भोलिपल्ट बिहान उनीहरू बास बसेको घरमा हल्ला सुनियो । उनीहरूले थाहा पाए कि त्यो ठाउँमा सय वर्षअगाडि एउटा दुष्ट असुर आएको रहेछ । त्यसले मानिसहरूको अन्धधुन्ध हत्या गर्न थाल्यो । मानिसहरू डराए । त्यहाँका राजाले असुरसँग आत्मसमर्पण गरे । उनले मेरा प्रजालई दुःख नदेऊ बरु म तिमीले जे भन्छौ त्यही मान्छु । दुष्टले भन्यो, “मलाई प्रत्येक दिन मुरी चामलको भात, त्यहीअनुसार दाल, तरकारी, सागपात, सिङ्गो भैँसी, एक घ्याम्पो जाँड लिएर एकजना मान्छे मेरो गुफामा पठाऊ ।” यसपछि प्रत्येक दिन त्यस सहरबाट एकजना मानिसले असुरलाई आहारा लिएर जाने अनि आफू पनि असुरको आहार बन्ने चलन चलेको रहेछ । त्यस दिन पण्डवहरू बसेका घरको पालो रहेछ । त्यस परिवारका सबै सदस्यले आफैँ जान मन गरे । अर्कालाई पठाउन मन गरेनन् । यो कुरा थाहा पाएर कुन्तीले आफ्नो छोरो भीमलाई पठाउने विचार गरिन् । ब्राह्मणका परिवारले यो कुरा मानेनन् । उनीहरूले पाहुना भनेका त देवता हुन् भने । कुन्तीले ब्राह्मणका परिवारलाई फकाइनन् र आफ्ना छोरा भीमलाई पठाइन् । भीमले असुर बस्ने गुफाअगाडिको मैदानमा बसेर असुरको सबै खाना खाए अनि असुरलाई बोलाए । असुर आएपछि उनले असुरतिर रित्ता भाँडा फ्याले । असुर रिसायो । भीम र असुरको युद्ध भयो । त्यस युद्धमा भीमले असुरलाई मारे र त्यस सहरलाई असुरको डरबाट बचाए । आर्का दिन त्यस घरमा ओरपरका मान्छे भेला भएर ब्राह्मणलाई धन्यवाद दिए । उनीहरूलाई त्यो असुर कसले मार्यो भन्ने थाहा थिएन । कुन्तीले पनि यो कुरा कसैलाई नभन्नू भनेकी थिइन् । त्यसैले ब्राह्मणले एकजना ब्राह्मण रूपका देवताले हाम्रा घरबाट खानेकुरा लगेर त्यस असुरलाई मारेको कुरा गरे ।
परेका बेला अरुलाई सहयोग गर्नुपर्छ । दुष्ट हुनु हुँदैन । अरूलाई दुःख दिनु हुँदैन । आफूले परिश्रम गरेर खानुपर्छ । अरूलाई गरेको उपकारमा फुर्किनुहुँदै भन्ने सन्देश यस कथामा पाइन्छ ।
चित्रसहित हुनाले कथा पढ्न रमाइलो लाग्यो । चित्रले कथा बुझन सजिलो भयो । कथामा प्रयोग भएका शब्दा र वाक्यहरू सजिला छन् । कथा धेरै लामो वा छोटो नभई ठिक्कको छ । पढ्न दिक्क लाग्दैन । पढूँ पढूँ लाग्ने छ । कथाका चित्रको रङचाहिँ त्यति मन परेन । रङ्गिन चित्र भए अझ राम्रो हुन्थ्योहोला ।
लेखकको सम्वन्धमा