June 12, 2026, Friday
२०८३ जेष्ठ २९, शुक्रबार

लामो रस्साकस्सी पछिको सहमति

नेकपा एमाले सम्बद्ध प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन ) ले पार्टीको आसन्न ११औँ महाधिवेशनको लागि प्रतिनिधि छनौट प्रक्रियालाई पुर्ण रुपमा निर्विरोध गरेको छ। कुल पाँच प्रतिनिधि एकमतले चयन गरिएको एसोसिएसनले जनाएको छ।

छनौट भएका प्रतिनिधिहरुमा पिनका अध्यक्ष ई. डा. भेषराज थापा , महासचिव ई. राजन थापा , ई. अम्विका महत लगायत रहेका छन्।

प्रतिनिधि चयन सहमतिका साथ हुनु नेकपा (एमाले) सम्बद्ध इन्जिनियरहरूको एकता, संगठनप्रतिको प्रतिबद्धता र स्वस्थ लोकतान्त्रिक अभ्यासको उदाहरण भएको पिनले जनाएको छ।