लिपुलेक हाम्रो

लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो ।
सधैँ लुट्न खोज्छ भारत, यो देखेर राम्रो ॥
नेपालको भूमि मान्दै, सन्धि गर्यो पहिले ।
हेप्दै हामीलाई झुट बोल्छ, लुट्न खोज्छ अहिले ॥
भारत चीन मिल्दै छन् रे, नाका खोल्ने नाउँमा
फेरि पनि लुट्न आए, हेर त्यही ठाउॅंमा ॥
देश जोगाउन एकजुट बनी, सबले कसम खाऊँ ।
आर्मी, पुलिस, सब नेपाली लड्न त्यहीं जाऊँ ॥
हाम्रो छाती चिर्न खोज्छ, कसरी चुप बस्नु ?
जननीको घाउ देख्दा, कसरी मन थाम्नु ??
रगतले लेखेको सिमाना त्यो, नक्सा मात्र होइन ।
हाम्रो भूमि छोड्ने होइन, झुक्ने कोही छैन ॥
हे लुटार छिमेकी बुझ, त्यो ठाउॅं तिम्रो हुन्न ।
हामी पनि वीर गोर्खाली हौँ, तिम्रो हॅुन दिन्न ॥
न त तिम्रो धम्कीले,नेपाली कहिले डर्छ ।
अन्यायको बिरुध्दमा,सधैँभरी लड्छ ॥
अब उठौँ नेपालीहरू, एउटै स्वरमा गर्जौँ ।
लिपुलेक, लिम्पियाधुरा कसैलाई नछोडौँ ॥
सरकार ढिला नगर तिमी, देशको मर्म बुझी ।
लिन खोजे विदेशीले, हाम्रो भुमी लुटी ॥
यो देश राम्रो माटो हाम्रो आफ्नै सार हो ।
कसैको दया होइन लिपुलेक, हाम्रो अधिकार हो॥
लड्न परे लडछौँ भिड्छौँ, दुष्मन हराउनु छ ।
लिपुलेकमा नेपाली झन्डा, सानले फराउनु छ ॥
लेखकको सम्वन्धमा