साहित्य कला सङ्गमको २०औँ साधरण सभा सम्पन्न

२०८२ भदौ १३
साहित्य कला सङ्गमले २०औँ साधारण सभा एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ । साहित्यकार प्राध्यापक डा. कमलप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पुष्ता राईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त दुबै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको थियो । उक्त साधारण सभाले आगामी कार्यकालको लागि बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षहरू यादवप्रसाद अधिकारी झाक्रिखोले, दुर्गा काफ्ले, चन्द्रा गडतौला महासचिवमा ओमप्रसाद खनाल, सचिवमा बीरेन्द्र खडका, सहसचिवमा मेघनाथ बन्धु, कोषाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सदस्यहरुमा डा.लेखनाथ न्यौपाने, बिवेक दुलाल क्षेत्री, रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला र लीलाप्रसाद अधिकारी रहेका छन् । यसरी नै लेखा समिति संयोजकमा गीता कुँवर, सदस्यहरू मच्छिन्द्र याख्खा र कृष्णमाया धिमिरे रहेका छन् । कार्य समिति गठनका लागि निर्वाचन मण्डल गठन गरिएको थियो । उक्त समितिमा साहित्यकार हेमनाथ अधिकारीको संयोजक रहने गरी डा.कमल प्रसाद वस्ती र शिव काफ्ले रहेका थिए । यसरी नै समिति गठनका लागि डा. उत्तमप्रसाद भट्टराई, नरपति पाण्डे र राजेन्द्र प्रसाद दहालले सहजीकरण गरेका थिए ।दमक -५ स्थित दिपिनी आधारभूत विद्यालयको सभाहलमा भएको उक्त  कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
-विष्णु न्यौपानेद्वारा सम्प्रेषित