पुस्तक विमोचन र रचना वाचन कार्यक्रम सम्पन्न

साहित्य कला सङ्‍गमले १६०ओैँ मोती जयन्तीको अवसर पारेर साहित्यकार शान्त प्रसाद भट्टराईका दुई कृतिको विमोचन र नियमित रचना वाचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ । साहित्यकार भट्टराईका दुई कृतिहरू ‘त्रिरत्न ज्ञान मञ्‍च’ धार्मिक सङ्ग्रह र ‘दृष्टि एक सिर्जना अनेक’ कविता सङ्ग्रहको विमोचन प्रमुख अतिथि प्राध्यापक डा. कमलप्रसाद वस्ती,वरिष्ठ साहित्यकार तथा प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल, दमक प्रज्ञा परिषद्का पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्यकला सङ्‍गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सङ्‍गमका वर्तमान अध्यक्ष विष्णु न्यौपानेले संयुक्त रूपमा विमोचन गरेका थिए । विमोचन भएका कृति त्रिरत्न ज्ञान मञ्चको साहित्यकार हेमनाथ अधिकारीले र दृष्टि एक सिर्जना अनेक कृतिको साहित्यकार गोपालप्रसाद दहालले समीक्षात्मक टिप्पणी गरेका थिए ।

यसका साथै साहित्य कला सङ्गम दमकले सञ्‍चालन गर्दै आएको सिर्जनशील रचना वाचन कार्यक्रमको चवन्नौँ शृङ्खला पनि सोही कार्यक्रममा सम्पन्न भएको छ । 

दमक -५ स्थित दिपिनी आधारभूत विद्यालयको सभाहलमा भएको कार्यक्रममा दुई दर्जनभन्दा बढी साहित्यकारहरूले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरूमा साहित्य कला सङ्‍गम, दमकका उपाध्यक्ष यादवप्रसाद अधिकारी, कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरू आचार्य प्रभा, केशव आचार्य, इन्द्रप्रसाद धिमिरे, अम्बिका प्रसाद सापकोटा, वीरेन्द्र खड्का, मेघनाथ बन्धु, विवेक दुलाल क्षेत्री, गोपाल दहाल, जीवनहरि शर्मा, किशोर खनाल, डिल्लीराम निरौला,टङ्‍क पाठक, यादवप्रसाद नेपाल ,शारदा निरौला, दिलिप राई ‘सगर’, हिमाल सुब्बा गुरास, रेनुका पोख्रल, खड्ग बहादुर खड्का, उर्मिला ओली, पुण्य प्रसाद ढकाल रहेका छन् ।

साहित्यकला सङ्‍गमका सल्लाहाकारसमेत रहेका शैक्षिक व्यक्तित्व प्राध्यापक डा. कमल प्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य कला सङ्‍गमका पूर्व अध्यक्ष नरपति पाण्डे, प्रतिभा निकेतनका पूर्व अध्यक्ष खेमलाल पोख्रेल, वर्तमान अध्यक्ष कमल प्रसाद भट्टराई, साहित्यकारहरू जीवन हरि शर्मा, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद धिमीरेको विशिष्ठ आतिथ्यता रहेको  थियो । साहित्य कला सङ्‍गमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शकले मोतीराम भट्टको साहित्यिक याेगदानको चर्चा गर्दै स्वागत् मन्तव्य राखेको उक्त  कार्यक्रम साहित्य कला सङ्‍गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्‍चालन साहित्य कला सङ्‍गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
विष्णु न्यौपानेद्वारा संप्रेषित